समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
२५ मंसिर २०७७
•
३ मिनेट पाठ
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
अस्मिता अधिकारी
संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुल/कलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।  




समता स्कुलमा मासिक सय रुपैयाँ शुल्कमा पढेकी अस्मिताले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् ।
उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।

पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । उक्त कलेजमा नेपालबाट पनि विपन्न विद्यार्थीले पढ्न पाउनुपर्छ भनेर पहलकदमी भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले गरेका थिए । महतोले धनीका छोराछोरीले पढ्ने ठाउँमा गरिबका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेर पहल गर्दै आएका थिए ।  

पछिल्लो दुई वर्षयता महतोेले समता स्कुलमा आवतजावत बढाएका थिए ।  

त्यसपछि उनले आफ्नी छोरीले पढेको कलेजका प्रिन्सिपल रिचर्ड म्याकडोनाल्डलाई नेपाल बोलाए । २०१९ मा स्कुलका प्रिन्सिपल रिचर्ड नेपाल आए । उनले समताको पढाइ र त्यहाँ पढ्ने विद्यार्थीको अवस्थामा चासो दिए । त्यसपछि उनले एकजना विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै विद्यार्थीको क्षमता मापन गरे । समतामै पढ्दै गरेका ५ सय विद्यार्थीको विवरण संकलन गरेर स्विट्जरल्यान्ड गएका रिचर्डले अस्मिताको नाम छनोट गरेका हुन् ।  

समता स्कुलका संस्थापक उत्तम सञ्जेलका अनुसार रिचर्डले अब हरेक वर्ष नेपालबाट एकजना विद्यार्थी उक्त कलेजमा पढाउन लैजाने वचन दिएका छन् । ‘यस वर्ष अस्मिता छनोटमा परेकी छन्,’ उनले भने, ‘गरिब परिवारमा जन्मे पनि मेहनती विद्यार्थीले राम्रो ठाउँमा अध्ययन गर्ने अवसर पाउनेछन्, जुन चानचुने कुरा होइन ।’

अस्मिता यति बेला स्विट्जरल्यान्ड जाने तयारीमा छन् । उनलाई कलेजले जनवरी १० मा त्यहाँ पुग्न बोलाएको छ । अस्मिता अहिले कलेज भर्नाका लागि लिइने अनलाइन कक्षामा सहभागी भइरहेकी छन् । ‘नाम निस्किएपछि मैले कलेजले भनेअनुसार तयारी गरिरहेकी छु’, अस्मिताले भनिन् ।  

अस्मिताले कक्षा ६ देखि समतामा पढेकी हुन् । यो वर्ष एसइईमा ३.९ जिपिए अंक ल्याएर उत्तीर्ण गरेकी अस्मिताले आइग्लोनमा पढ्ने अवसर पाउँदा आफू असाध्यै खुसी भएको बताइन् । ‘फारममा मैले सामान्य पारिवारिक विवरण र मेरो उद्देश्य लेखेकी थिएँ, त्यति लेख्दा मेरो नाम छात्रवृत्तिमा छनोट हुन्छ भन्ने सोचेकी पनि थिइनँ,’ उनले सुनाइन, ‘मभन्दा सिनियर दाइ/दिदी पनि हुनुहुन्छ, उहाँहरू हुँदाहुँदै मैले अवसर पाउँदिनँ भन्ने लागेको थियो, आखिर मेरै नाम निस्कियो ।’ अस्मिताले संगीत, इतिहास र पूर्वाधार विकासप्रति आफ्नो रुचि रहेको बताइन् । अस्मिताका परिवार काठमाडौंको बौद्धमा भाडामा बस्छन् । उनका बुबा ट्याक्सी ड्राइभर हुन् । छोरीले संसारकै उत्कृष्ट कलेजमा पढ्न पाउनेभएपछि उनका बुबा अमृत अधिकारी पनि खुसी छन् । ‘कहाँ र कसरी पढाउने भनेर चिन्ता थियो,  

छात्रवृत्तिमा नाम छनोट भएपछि सारै खुसी लागेको छ,’ अमृतले भने । भर्खर १५ वर्षमा प्रवेश गरेकी अस्मितासँग कुराकानी गरिरहँदा उनी सानै छिन् भन्ने महसुस हुँदैन । उनी देशको राजनीति र विकासको अवस्थाबारे राम्ररी जानकार छिन् । देशमा किन विकास भएन भन्नेबारे उनले आफ्नै बुझाइ सुनाइन् । ‘मलाई देश विकास गर्न मन छ,’ उनी भन्छिन्, ‘जहाँ पढे पनि म नेपालमै फर्किएर काम गर्न चाहन्छु, अरु देशको विकासको तुलनामा हामी धेरै पछि छौं, यहाँ भ्रष्टाचार मात्रै भएको सुनिन्छ ।’ आफू विदेश पढ्न जान लागेकाले उनले अहिलेको विकास र राजनीतिक अवस्थाबारे पनि अध्ययन गरिरहेकी छन् । बाहिरी मुलुकमा पुग्दा आफ्नो देशलाई बुझ्न सकियोस् भनेर अध्ययन गरेको उनले बताइन् ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस