केआइसिंह गाउँपालिकामा १० श्ययाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन्। गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत कार्यालयबाट अस्पतालका नाममा नामसारी गरिएको बताए।
गाउँपालिकामा अस्पताल निर्माण गर्न स्थानीयले नौ रोपनी जग्गा दान गरेका छन्।
अस्पताल निर्माणका लागि स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले तीन रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक, रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले तीन रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराज पाठकले पनि तीन रोपनी गरी दान गरेका हुन्। अस्पताल निर्माण गरी यहाँका नागरिकलाई सेवा दिन बुबाको स्मृतिमा आफूहरुले जग्गा दान गरेको गौरीलालका छोरा विश्वनाथले बताए।
उनले भने, “हामीले दान गरेको जग्गामा अस्पताल बने यहाँका गरिबले सेवा पाउने छन्, हामी खुसी भएर जग्गा दान गरेका छौँ।” रासस