निःशुल्क जग्गादाताहरु मुख्यमन्त्रीबाट सम्मानित
२४ मंसिर २०७७
•
३ मिनेट पाठ
निःशुल्क जग्गादाताहरु मुख्यमन्त्रीबाट सम्मानित
जग्गादाता विन्दादेवी सेंढाई र सुशीललाई सम्मान गर्दै मुख्यमन्त्री राई । तस्बिरः महेश्वर
उदयपुरका बिभिन्न पूर्वाधार संरचना निर्माण गर्न जग्गादान गर्नेहरु सम्मानित भएका छन्। जिल्लाको बेलका नगरपालिकाका बिभिन्न वडामा संरचना बनाउन जमिन निःशुल्क दिने ३ परिवारलाई मुख्यमन्त्री शेरधन राईले मंगलबार सम्मान गरेका हुन्।




४ स्थित वडा प्रशासनिक भवन बनाउन, सोही वडामा आधार स्वास्थ्य केन्द्र र ९ नं. को रामपुरमा सिटीहल बनाउन जग्गा दिने दाताहरुलाई मुख्यमन्त्री राईले सम्मान गरेका हुन्। जसअनुसार ४ नं. वडा भवन बनाउन ५० लाख मूल्य बराबरको १ कठ्ठा जग्गा निःशुल्क दिने डम्बरबहादुर तामाङ, उनका छोराहरु मनोज तामाङ र गणेश तामाङलाई मुख्यमन्त्री राईले खादा, माला र अविर तथा सम्मानपत्र प्रदान गरे।  

त्यस्तै सोही वडामा निर्मित आधारभूत स्वास्थ्य चौकी बनाउन १ करोड हाराहारीको ३ कठ्ठा जमिन दिने रत्नमाया आलेमगर र उनको परिवारलाई पनि चौकी उद्घाटनपछि मुख्यमन्त्री राईले सम्मान गरे। वडा नं. ९ रामपुरस्थित नगर सिटीहल बनाउन ७५ लाख मूल्य बराबरको १ कठ्ठा ४ धुर जमिन दिने विन्दादेवी सेँढाई तथा छोराहरु शसी र सुशील सेंढाईलाई पनि सिटीहल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले सम्मान गरे।  

जग्गा अभावमा भवन बनाउन नसक्नाले वडा कार्यालय भाडामा राखेर सञ्चालन गरिँदै आएकोमा तामाङ परिवारले एक वर्षअघि निःशुल्क जग्गा दिएपछि नयाँ भवन बनाएर कार्यालय सञ्चालनमा ल्याएको ४ नं. वडाध्यक्ष धु्रब दंगालले बताए। उनका अनुसार वडा प्रशासनिक भवन बनाउन २२ लाख २१ हजार ६ सय २५ रुपैयाँ लागेको हो। त्यस्तै मगर परिवारले निःशुल्क जमिन दिएपछि ४ नं. मै ३० लाख ४९ हजार ८ सय ९३ रुपैयाँको आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरी वडावासीलाई स्वास्थ्य सेवा दिन थालेको दंगालले बताए।

उता सेंढाई परिवारले दिएको निःशुल्क जग्गामा सिटी हल बनेपछि नगरस्तरीय बिभिन्न कार्यक्रम गर्न सहज भएको ९ नं. वडाध्यक्ष मोहन घिमिरेले बताए। १५ वर्षअघि साविक ठोक्शीला गाउँ विकास समिति हुँदैदेखि निर्माण थालिएको सिटीहल भवन नगरपालिका गठनपछि पुरा भएको घिमिरेले बताए। साविक गाविस र जिल्ला विकास समितिको सानो सहयोगमा सुरु बहुवर्षीय योजनामा पछिल्लो दुई आर्थिक वर्ष नगरपालिकाले १८ लाख लगानी गरेपछि भवनले पूर्णता पाएको वडाध्यक्ष घिमिरेले बताए।  

जग्गादाता सुशील सेंढाईले आफ्नो जन्मस्थललाई विकसित बनाउँदै अघि बढाउन निःशुल्क जमिन दिएको बताए। नेपाली कांग्रेसका नगर सभापतिसमेत रहेका सेंढाईले विकास निर्माणको सवालमा कसैले पक्ष र विपक्षी नभई साझा अवधारणा बनाएर एकताबद्ध भई काम गर्नुपर्ने बताए। उनले बेलका नगर विकासको सवालमा कांगे्रसको तर्फबाट हुने सबैखाले सहयोग आफूले गर्दै आएको बताए।  

जग्गादातालाई सम्मान गर्दै मुख्यमन्त्री राईले मँहगो मूल्यको जमिन निशूल्क दिएर स्थानीय विकास निर्माणमा सहयोग गर्ने परिवारप्रति आभार व्यक्त गर्दै हरेक काममा यसरी जनसहभागिता जुटेमा समृद्धि टाढा नरहने बताए। उनले विगतमा वर्षौं लाग्ने विकास योजनाहरु संघीयता आएपछि गठित स्थानीय सरकारले २–३ वर्षमै सम्पन्न गर्न थालेको बताए। संघीयता र गणतन्त्रले मुलुकको विकास गर्ने फराकिलो लोकमार्ग निर्माण गरिदिएको भन्दै सबैजना सो लोकमार्ग भएर समृद्धिको अभियानमा लामबद्ध हुन आग्रह गरे।  

विगतमा जस्तो सरकार ढाल्ने र बनाउने खालको राजनीतिक अस्थीरता नभएको भन्दै मुख्यमन्त्री राईले अहिले अल्पमत र बहुमत भन्ने कुरामा झैझगडा र अल्मलिनु नपर्ने स्थीर सरकार भएको बताए। स्थानीय, प्रदेश र संघ ३ वटै तहमा नेकपाको पूर्ण बहुमतको सरकार भएकाले अब विकास र समृद्धि मात्र हाम्रो मुल लक्ष्य भएर त्यस यात्रामा होमिन मुखयमन्त्री राईले सबैसँग आग्रह गरे। वर्षौंदेखि विकराल समस्याको रुपमा रहेको भूमि व्यवस्थापनको काम बेलकामा अघि बढिसकेको जानकारी पाउँदा खुसी लागेको भन्दै मुख्यमन्त्री राईले अव प्रदेशवासी अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीन किसानले छिट्टै लालपुर्जा पाउने दिन आइईरहेको बताए।  

बेलका नगरप्रमुख दुर्गाकुमार थापाले विगत ५० वर्षमा नभएको विकास निर्माणको काम बेलका नगरपालिकाले ३ वर्षमा गरेर देखाएको बताए। उनले बेलकालाई प्रदेशकै नमूना नगरपालिका बनाउने लक्ष्यसाथ अघि बढिरहेको बताउँदै यसमा नगरबासी र प्रदेश सरकारबाट सक्दो सहयोग हुने अपेक्षा गरे। मेयर थापाले बेलकामा भूमि व्यवस्थापनको काम अघि बढिसकेको भन्दै प्रदेशमा सबभन्दा पहिले बेलकावासीलाई मुख्यमन्त्रीको हातबाट लालपुर्जा वितरण गराउने योजना रहेको बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस