म्याग्दीको प्रशासन कार्यालयमा सेवाग्राहीलाई सन्तुष्टि कक्ष
२४ मंसिर २०७७
•
३ मिनेट पाठ
म्याग्दीको प्रशासन कार्यालयमा सेवाग्राहीलाई सन्तुष्टि कक्ष
मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१, बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भिडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे। म्याग्दी र मुस्ताङको भेडीगोठमा पाँच दशक बिताएका फगामीलाई प्रजिअले आफ्नै कक्षमा राखेर नागरिकताको प्रमाणपत्र मात्रै दिएनन्, परिवारकै सदस्य जस्तै बनेर गोठालोको अनुभव समेत सुने। उमेरले आफै डाँडामाथिको घामजस्तै अवस्थामा पुगेका फगामी पहिलोपटक प्रशासनमा सेवाका लागि प्रवेश गरेका थिए। फगामीजस्तै वृद्धवृद्धा, अपाङ्ग, असाहयसँग प्रजिअ अधिकारीले दैनिकजसो आफ्नै कार्यकक्षमा भेट्छन्।  




जिल्ला प्रशासनको प्रवेशद्वारदेखि सेवाग्राहीले सेवा लिने स्थानसम्म विभिन्न सेवासुविधाहरू थपिएपछि सेवाग्राहीलाई सहज भएको छ। राहदानी, नागरिकता, संस्था दर्ता तथा नविकरण लगायत सेवा लिने कक्ष बाहिर सहायता कक्ष र वाइफाइको सुविधा छ। सेवाग्राहीले आफ्नो सेवामा कुनै समस्या आएमा सिधै प्रजिअलाई सुनाउन सक्ने गरी सेवाग्राहीलाई सन्तुष्टि बनाउने गरी संरचना तयार गरिएपछि सेवाग्राही समेत उत्साहित छन्। नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयले प्रवेशद्वारमा नै सेवाग्राहीको लागि सहायकता, महिलालाई आफ्ना सन्तानलाई दूध चुसाउन सहज होस् भनेर स्तनपान कक्ष, पत्रपत्रिका लगायत सन्देशमुलक जानकारी दिने सामग्रीहरु समेत राखिएको छ। दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीलाई प्राथमिकता समेत दिने गरिएकोमा सेवाग्राही समेत सन्तुष्ट छन्।  

‘प्रजिअले नै दाइलाई आफ्नो कार्यकक्षमा लैजाँदा डर लागेको थियो,‘दुर्गम र समस्या हेरेर पहिलो प्राथमिकतामै काम गरिदिनुभयो’ बेगखोलाबाट आएका बहादुर फगामीले भने। उनले कार्यालय अगाडी प्रहरी, कर्मचारी र भिडभाड  देखेर प्रवेश गर्न आनाकानी गरेका ओमबहादुरले प्रजिअसँग खुलेर कुराकानी गदैं फर्किएको उनले बताए। यता प्रजिअ अधिकारीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा र सेवामैत्री कार्यालयको सुरुवात प्रशासनबाटै गरिएको बताए। ‘सेवा लिन आउनेलाई प्रक्रियामा झन्झट पारेमा सिधै मेरो कार्यकक्षमा आउन सक्ने बनाएको छ,‘सेवाग्रहरीसँग मुस्कानसहित नम्र व्यवहारमा कर्मचारीलाई विषेश ध्यान दिन निर्देशन गरेको छु’ प्रजिअ अधिकारीले भने। उनले कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयंले छिटो छरिटो र हुन सक्ने काम गर्न सक्ने वातवरण बनाएको बताए। प्रशासन कार्यालयमा लिने सेवा प्रवाहमा निबेदनहरु लेखे वापत निःशुल्क, विचौलियाहरुले बिभिन्न वाहनामा ठग्ने प्रबृत्तिको अन्त्यका लागि कर्मचारीबाटै सहयोग गर्ने गरिएको बताए । उनले हरेक कक्षबाट सेवा प्रवाहसँगै आफ्नो कक्षलाई सेवाग्राही सन्तुष्टि बनाउने कक्ष बनाएको बताए।  

कानुनी प्रक्रिया पुरा भएर आएका कुनैपनि काम नरोकिने र समयमै सम्पन्न हुने भएकाले हरेक कक्षमा प्रवेश गर्दा सेवाग्राही सन्तुष्ट हुने बताए। सेवाग्राहीले घरबाटै समेत आफूले लिने सेवाका बारेमा जानकारी लिन सक्ने प्रजिअ अधिकारीले बताए। ‘सेवाप्रवाहमा आउने गुनासोमा सुधार हुन्छ, सेवाहरू थपिदै जान्छ’ प्रजिअ अधिकारीले भने। उनले नागरिक वडापत्र, वेभसाइट लगायत हरेक सूचनाहरु प्रविधीमैत्री बनाउने र अन्य सरकारी कार्यालयमा समेत सोही मोडेलमा सेवासुविधा विस्तारका लागि निर्देशन दिएको बताए। प्रजिअ अधिकारीले जिल्लाभित्रका रुग्न आयोजनाहरुको नियमित अनुगमन तथा समयमै सम्पन्न गर्न समेत दवाव दिने गरेका छन्। 

उनको पहलमा केही अलपत्र परेका योजनाहरु समेत सुचारु भएका छन्। जिल्लाका ६ वटै स्थानीयतहसँग समन्वय गरी विभिन्न योजनाहरु बनाएर अगाडी बढ्ने तयारीमा रहेको प्रजिअ अधिकारीले बताए। बाढीपहिरोबाट विस्थापितहरुको पुनर्वाससहितका अभियानमा समेत प्रशासनको भूमिका प्रभावकारी देखिएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस