पुस्तकालयले किशोरीलाई नेतृत्वमा ल्याउँदै
२३ मंसिर २०७७
•
३ मिनेट पाठ
पुस्तकालयले किशोरीलाई नेतृत्वमा ल्याउँदै
टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउँथिन्। उनी साथीभाइ वा दुई/चार मानिसको अगाडि खुलेर बोल्न सक्दिनथिइन्। तर एक वर्षयता उनको डर हराएको छ। टीकापुर सामुदायिक पुस्तकालयले ‘प्रविधि उमेर समूहका किशोरी’को नेतृत्व र क्षमता विकासका लागि सञ्चालन गरेको कार्यक्रममा सहभागी भएपछि निर्मलाको जीवन फेरिएको छ।




“ममा भएको क्षमता लुकाएर बसेकी थिएँ, म आफू र आफ्ना साथीमाथि भएको अन्यायबारे पनि बोल्न सक्दिनथेँ”, निर्मलाले भनिन्, “म गत वर्षबाट ‘टेक्नोलोजी एज गर्ल (ट्याग) अर्थात् प्रविधि उमेर समूहका किशोरी’ परियोजनामा आबद्ध भएपछि अहिले सामाजिक सबै गतिविधिमा सहभागी हुन्छु। अन्याय नहसने बानीको विकास भएको छ।” निर्मलाले आजभोलि सिक्ने मात्र होइन, घरपरिवार, समाज र साथीभाइलाई आफूले जानेका कुरा सिकाउनसमेत थालेकी छिन्। “अँध्यारोबाट उज्यालो बाटो देखेजस्तै अनुभव भएको छ। पुस्तकालयमा आबद्ध भएपछि मेरो जीवन बदलिएको छ”, निर्मला भन्छिन्,“हामी ५१ किशोरी थियौँ, अहिले दोस्रो चरणमा बढी सक्रिय रहेका २७ जना छनोट भएका छौँ। हामी विद्यालयपछिको बाँकी समयमा तालिम लिन्छौँ।”

पुस्तकालयको यो कार्यक्रममा १४ देखि २२ वर्षसम्मका विद्यालय उमेरका किशोरी सहभागी छन्। त्यस्तै अर्की टेक्नोलोजी एज गर्ल समीक्षा सुनारको पनि बोल्ने बानीको विकाससँगसँगै क्षमता र नेतृत्व विकास भएको छ। “मैले कम्प्युटर देखेकी थिइनँ, यहाँ आएपछि कम्प्युटर चलाउन, सामाजिक सञ्जालको सही सदुपयोग गर्न, पढाइसम्बन्धी आवश्यक सामग्री गुगलमा खोज्न जानेकी छु”, समीक्षाले भन्छिन्,“अहिलेको युगमा किशोरीलाई प्रविधिको सही सदुपयोग गराउन पुस्तकालयले सिकाइरहेको छ। हामीले सामाजिक सञ्जालको गलत प्रयोग गर्दा गलत बाटोमा लागिरहेका धेरै देखेका छौँ। हामीले यहाँ सही प्रयोगबारे सिक्यौँ।”

किशोरीहरुले सही सूचना कसरी थाहा पाउने, फुर्सदको समयमा आफूलाई कसरी व्यस्त राख्ने, पढाइमा रुचि कसरी जगाउने खालका सीप सिकेका छन्। कोरोना भाइरस सङ्क्रमणपछिको लकडाउनका समयमा किशोरीले समुदायमा अझ राम्रो काम गरेका छन्।

किशोरीहरुले लकडाउका समयमा तीनवटा समूह बनाएर समुदायमा काम गरे। कोरोना महामारीको समयमा किशोरीलाई कोभिड–१९ सचेतना समूह, लैङ्गिकतामा आधारित हिंसा सरोकार समूह र शैक्षिक सहायता समूहमा विभाजन गरी समुदाय र किशोरीका समस्या समाधानमा काम गरेको ट्याग किशोरीका निर्देशक आश्मा चौधरीले जानकारी दिइन्। “कोरोना महामारीपछि किशोरीहरुको पनि पढाइ चलेन, उनीहरुले पढाइ छैन भन्दै खाली बसेनन्, त्यो समय सदुपयोग गरे”, आश्माले भनिन्, “उनीहरुलाई हामीले भर्चुअल माध्यमबाट समूह विभाजन गरेर समुदायका समस्या न्यूनीकरणमा लगायौँ। उनीहरुले अपेक्षा सङ्कलन गर्ने र त्यसको समाधानको काममा सघाए।”

आश्माका अनुसार किशोरीले सिकेको प्रविधिले लकडाउनका समयमा उनीहरुलाई अनलाइनमा पढ्न, नयाँ किताब गुगलमा खोजेर पढ्न सहयोग पुगेको छ। “उनीहरु महिलामाथि हुने हिंसा न्यूनीकरणका कार्यमा समेत सक्रिय भएका छन्। समुदायमा हुने हरेकखाले विभेदविरुद्ध आवाज उठाउन थालेका छन्”, उनी भन्छिन्,“किशोरीले अन्य किशोरीलाई गाउँमै जम्मा गरेर आफूले सिकेका कुरा सिकाउने, अन्यायमा परेकालाई न्यायका लागि सशक्त बनाउने काम गरिरहेका छन्।”

अभिभावक हरि तिमिल्सिनाले पुस्तकालयले घरमा गरिने हरेक कार्यमा सही र गलतको विश्लेषण छोरीले समेत गर्न थालेकामा खुशी लागेको बताए। “पहिला छोरीलाई हामीले भनेको, गरेको सबै कुरा सही लाग्थ्यो”, अभिभावक तिमिल्सिना भन्छन्,“आजभोलि हामीले गरेका कार्य यो गलत हो, यो सही हो भनेर आफ्नो विचार राख्न थालेकी छिन्।”

रिड नेपालको सहयोगमा टीकापुरका दुईवटा पुस्तकालय टीकापुर सामुदायिक पुस्तकालय र भानु सामुदायिक पुस्तकालय सत्तीमा ट्याग परियोजना सञ्चालनमा छ। परियोजनामा विभिन्न विद्यालयका ९ देखि १२ कक्षासम्मका किशोरीलाई २१औँ शताब्दीका सूचना प्रविधिका बारेमा विभिन्न किसिमका तालिम दिइन्छ।

किशोरीको नेतृत्व विकास गर्दै आफ्नो समुदायका समस्या पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि स्थानीय सरकार र सरोकारवालासँग समन्वय गर्न किशोरी सक्षम बन्दै गएको टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काले बताए। “किशोरीहरु बाल संरक्षण समिति, बाल क्लबमा बसेर काम गर्न थालेका छन्”, उनी भन्छन्, “समुदायका सबै गतिविधिमा चासो राख्ने र नेतृत्व लिने बानीको विकास भएको छ। उनीहरु स्थानीय तहमा आफ्ना लागि योजना माग्न सक्षम भएका छन्।” रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस