म्याग्दीको मालिका गाउँपाकिला–१ निस्कोट जुवाङकी एक महिला काखे बालक र एक छोरीलाई घरमै छोडेर दोस्रो विवाह गरिन्। वैदेशिक रोजगारीमा रहेकै अवस्थामा श्रीमतीले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका छोराछोरी सम्हाल्न आएका चित्रबहादुर पुनको घर फर्किएको केही महिनामै दुवै मिर्गौलामा खरावी आएपछि पोखरामा छन्।
८० वर्ष नाघेका वृद्ध लालबहादुरले आँखा देख्दैनन्। बुहारीले दूध चुस्ने बालकलाई समेत छोडेर गएपछि लालबहादुरले आफन्त र छिमेकीको सहयोगमा हुर्काउदै आएका छन्। नियमित डायलासिस, औषधि–उपचारकै अभावमा जीवन मरणको दोसाधमा पुगेका चित्रबहादुरलाई छोराछोरीको शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ। ३ वर्षीय धिरन, ८ वर्षीया ज्ञानु पुनलाई कापी कलम, खाने अन्न र लगाउने कपडा नहुँदा समस्या भइरहेको छ। ‘घरको अन्नबालीले खान पुग्दैन,‘यतिबेला छोराछोरीको भोको पेट र शिक्षादीक्षा कसरी गने चिन्ताले सताउन थालेको छ’ मिर्गौला पीडित चित्रबहादुरले भने।
विदेशमा गएर धन कमाएर घरव्यवहार धान्ने गरेको अवस्थामा आफू नै बिरामी भएर फर्किनुपर्ने अवस्थामा कमाएको धन समेत सदुपयोग नहुँदा छोराछोरीको शिक्षादीक्षामा समस्या भएको उनले बताए। ‘रोग र भोक सहेर सुत्न सकेपनि साना छोराछोरीलाई भोकै सुताउन मनले मान्दैनन्’ चित्रबहादुरले भने। उनले वृद्ध बुबाले आँखा नदेख्ने गरेको अवस्थामा बहिनीको सहयोगमा घर रेखदेख गरेपनि छोराछोरीको पढाईको चिन्ताले भोक र निन्द्रा समेत नलाग्ने बताए। ‘जन्म दिएका छोराछोरीलाई हुर्काउने बेलामा रोगले थला परे,‘दुःखसुखमा साथ दिने श्रीमतीले पनि छोडेर गइन्’ उनले भने। आफ्नो उपचारका लागि स्वदेश विदेशमा रहेका निस्कोटवासीले सहयोग गरेपनि छोराछोरीको शिक्षादीक्षाका लागि कतैबाट सहयोग नआएको बताए।
श्रीमानलाई मिर्गौला दिनुपर्छ भन्दै भागिन्
गतवर्षको भदौमा खाडीबाटै श्रीमतीलाई आफ्नो मिर्गौलामा खरावी देखिएको जानकारी गराएका चित्रबहादुरको एक महिनापछि श्रीमती सम्पर्कविहीन भइन्। दुई महिनापछि वैदेशिक रोजगारीबाट फर्किदा श्रीमतीले दुई छोराछोरीलाई छोडेर अन्यत्रै गइसकेकी थिइन्। दुई वर्ष साउदी र दुई वर्ष कतारमा कमाएको पैसा सबै श्रीमतीकै नाममा पठाउने गर्थे। अहिले उनीसँग न पैसा छ न त श्रीमती नै। सानो झुप्रोमा ८० वर्ष नाघेका आँखा नदेख्ने वृद्ध बुबा, ३ वर्षको छोरा र ८ वर्षको छोरीलाई बिचल्लीमा पारेर गतवर्षको असोज महिनामा परपुरुषसँग घरबारै छाडेर अन्यत्र गएकी श्रीमतीलाई करिब ६ महिना खोज्दा पनि चित्रबहादुरले फेला पार्न सकेनन्। वैदेशिक रोजगारबाट फर्किदा श्रीमतीलाई पठाएको करिब २० लाख नगदको हिसावकिताव समेत उनले पाएनन्। बरु, विदेश जाँदाको ऋणको भारी अझै बोक्दैछन्।
मिर्गौला रोगी श्रीमानलाई आफ्नै मिर्गौला दिनुपर्ने भन्दै एक्कासी घरबाट सम्पर्कविहीन भएको चित्रबहादुरको गुनासो छ। ‘रोग नहुँदासम्म हाम्रो सम्बन्ध राम्रो थियो,‘मैले पैसा पठाउँदा उनी खुसी हुन्थिन्,‘मिर्गौलामा समस्या देखिएको जानकारी गराउनेवित्तिकै केही दिनमै सम्पर्कविहीन भइन्’ चित्रबहादुरले भने। घरपरिवारका लागि सुन्दर सपना देखेर विदेश गएको अवस्थामा रोगसँगै फर्किएको चित्रबहादुरले कमाएको पैसा समेत हिनामिना हुँदा डायलासिस गर्ने खर्चको अभावमा सहयोगको याचना गर्नुपर्ने अवस्थामा पुगेको बताए।
‘मेरो दुःखमा साथ दिनुपर्ने अवस्थामा श्रीमतीले नै छोडेर गइन्,‘दुई छोराछोरीसहितको परिवारको पालनपोषणका लागि पनि बाँच्ने रहर छ’ चित्रबहादुरले भक्कानिदै भने। स्वदेश तथा विदेशमा रहेका निस्कोटबासीको सहयोगमा पोखरामा डायलासिस गराइरहेका चित्रबहादुरले मिर्गौला प्रत्यारोपणपछि दैनिक मजदुरीमा फर्किएर छोराछोरीका लागि खर्च जुटाउने सपना देखेको बताए। ‘मैले अब छोराछोरीको लागि बाँच्नुपर्ने छ,‘छोराछोरीले रुदैं फोन गर्छन्,‘उनीहरुको आँखामा आँसु देख्न सक्दिन’ चित्रबहादुरले भने।
फिस्टुलाद्वारा गरिने डायासिस मिर्गौला प्रत्यारोपण नगरेसम्म हप्ताको दुईपटक गर्दा झण्डै औषधिसहित यातायात खर्चमा १० हजार रुपैयाँ खर्च हुने उनले बताए। मिर्गौला प्रत्यारोपणपछि जीवनभर औषधि खानुपर्छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ उनको डायलासिस र प्रत्यारोपणका लागि करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हालसम्म उनको करिब ३ लाख रुपैयाँ खर्च भइसकेको छ।