लिम्चुङबुङमा प्रहरीको नयाँ पक्की भवन बन्ने
१९ मंसिर २०७७
•
२ मिनेट पाठ
लिम्चुङबुङमा प्रहरीको नयाँ पक्की भवन बन्ने
उदयपुरको कर्णाली भनेर चिनिएको बिकट लिमचुङबुङ गाउँपालिकामा प्रहरी भवन बन्ने भएको छ। राज्य पुनर्संरचनासँगै सम्पन्न स्थानीयतह चुनावपछि गठन भएको वडा नं. ३ बाराहास्थित गाउसँपालिका केन्द्रमा इलाका प्रहरी कार्यालयको पक्की भवन बन्न लागेको हो।  




दुई वर्षअघि गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गरिए पनि भवन अभावमा सानो झुप्रो घर भाडामा लिएर प्रहरी बस्दै आएका छन्। साँघुरो झुप्रोमा राखेर खटाउनुपर्दा प्रहरी नायव निरीक्षक (सई) कमाण्डको इप्रकालाई आवास, भान्सा, थुनुवा र कार्यालयकक्षको चरम अभाव खेप्दै आउनु परेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए।

उनका अनुसार ठेक्का प्रक्रियामार्फत बनाउन लागिएको भवन निर्माणको जिम्मा भुस्नाम्छा कन्स्ट्रक्सन गाईघाटले पाएको छ। प्रदेश सरकार, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरको रेखदेखमा निर्माण हुने भवन भुईतलामा प्यासेजसहित २१ कोठा र भाथिल्लो तलामा ७ कोठा हुने निर्माण कम्पनीका प्रतिनिधि जीवनकुमार कार्की (कुशल)ले बताए। उनका अनुसार भवन आउँदो असारभित्र सम्पन्न गरिसकेर हस्तान्तरण गर्ने सम्झौता भएको छ।  

भवनमा प्रहरी कार्यालय कक्ष, बैठक कक्ष, महिला तथा पुरुष थुनुवा कोठा, कार्यालय प्रमुख आवास, जुनियर अधिकृत आवास, भान्सा कोठा र महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा खानेपानीको व्यवस्था हुने कार्कीले बताए। १ करोड ७१ लाख रुपैंया लागत इस्टीमेटको उक्त भवन निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा १२ प्रतिशत कम मूल्य अर्थात १ करोड ५३ लाखमा निर्माण गर्ने गरी भुस्नाम्छाले सम्झौता गरेको कार्कीले बताए।  

शुक्रबार एक कार्यक्रमका बीच भवनको शिलान्यास भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले भवन शिलान्यास गर्दै फिल्डमा बिकट ठाउँमा खट्ने प्रहरीलाई सहज बनाउन नयाँ भवले सहयोग गर्ने बताए। लिमचुङबुङ गाउँपालिकाबासी जनताको जिउधनको रक्षा गर्दै राज्यको कानुन कार्यान्वयन गर्न प्रहरी संगठन मजबुत हुनुपर्ने र त्यसका लागि भौतिक संरचना र आवश्यक स्रोतसाधनको कमी हुन नहुने एसपी दाहाल बताए।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले भवन अभावमा भनेजस्तो काम गर्न नसकिरहेको इलाका प्रहरीलाई नयाँ भवन बनेपछि गाउँपालिकाको शान्ति सुरक्षामा उल्लेख्य सुधार आउने आसा लिइएको बताए। गतवर्ष नै भवन बनाउने तयारीसहित बजेट व्यवस्था गरिए पनि बिकट ठाउँमा कोही निर्माण व्यवसायी इच्छुक नदेखिएपछि भवन निर्माण कार्य १ वर्ष ढिला भएको अधिकृत लिम्बुले बताए।  

गाउँपालिकका लेखा अधिकृत ताराकिरण राईले स्थानीय दलबहादुर मगर र चित्रबहादुर खत्रीले निःशुल्क दिएको जग्गामा इलाका प्रहरी भवन बन्न लागेको बताए। वडा नं. ३ बाराहास्थित गाउँपालिका केन्द्र आसपास आवश्यक जमिन अभावकै कारण गाउँपालिकाको प्रशासनिक भवन र अन्य संरचनाहरु निर्माण गर्न समस्या भईरहेको राईले बताए। गतवर्ष मात्र जमिन प्राप्त भएपछि चालु वर्ष प्रशासनिक भवन बनाउने योजना रहेको अधिकृत राईले बताएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस