बर्दादेवी ट्राभल्स एजेन्सीको बदमासीः भारतको इन्दोरमा लगेर छाडियो नेपाली मजदुर
१७ मंसिर २०७७
•
४ मिनेट पाठ
बर्दादेवी ट्राभल्स एजेन्सीको बदमासीः भारतको इन्दोरमा लगेर छाडियो नेपाली मजदुर
अलपत्र परेका नेपाली मजदुर धनगढीको बसपार्कमा सञ्चारकर्मीसँग गुनासो पोख्दै । भारतको पलियामा अलपत्र छाडिएपछि नेपाल सीमामा रहेको चेकपोष्टमा सीमा सुरक्षा बल सशस्त्र प्रहरीलाई गुनासो पोख्दै नेपाली मजदुर । तस्बिरः नागरिक
घटना –१  




कैलाली टीकापुरका कृष्ण काफ्ले भारतको पुनामा रोजगारीका लागि जाँदै थिए। उनी धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट काटेर भारत छिरेका हुन्। धनगढीबाट सोमबार बेलुकी ४ बजे हिँडेका उनलाई राति ११ बजे भारतको पलियाबाट पुनाका लागि लगियो। गन्तव्यमा नपुग्दै उनलाई ट्राभल्स एजेन्सीले मंगलबार राति पौने ३ बजे इन्दोरमा अलपत्र छाडेको हो। इन्दोरबाट पुना पुग्न अझै १४ घण्टाको यात्रा तय गर्नुपर्छ। ट्राभल्स एजेन्सीबाट टिकट काटेर गएका १ सय १० जना इन्दोरमै अलपत्र परेका हुन्। इन्दोरबाट सम्पर्क गर्दै उनले भने,‘हामी १३ घण्टादेखि इन्दोरको बसपार्कमा अलपत्र छौं, एजेन्सीलाई सम्पर्क गर्दा सम्पर्कविहीन भएको छ।’  

घटना–२  

धनगढी बसपार्कमा रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका १ सय ३० जना यात्रु सोमबार राति १ बजे गन्तव्यमा पुग्न नपाउँदै नेपाल फर्के। उनीहरुलाई गन्तव्यमा पुर्‍याउने भन्दै धनगढीबाट ४० किलोमिटर टाढा रहेको भारतको पलियामा पुर्‍याएर अलपत्र छाडिएको थियो। पलियामा अलपत्र छाडिएपछि उनीहरु सोमबार राति १ बजे धनगढी फर्केका थिए। ट्राभल्स एजेन्सी रहेको न्यू अछाम नेशनल गेष्ट हाउस अगाडि रातभर चिसोमा बसेका थिए। उनीहरुलाई टिकट बापतको पैसा फिर्ता बुधबार दिउँसोसम्म नदिएपछि यात्रुहरु जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेका छन्।  

घटना–३  

गौरीगंगा नगरपालिका–८, लिक्मा गाउँका पूर्णबहादुर साउँद मंसिर ५ गते धनगढीबाट भारतको बैंङ्गलोर जान हिँडे। धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाटै टिकट लिएर भारत गएका उनलाई दुई दिन बीच बाटोमै अलपत्र छाडियो। उनीसँगै बैंङ्गालेर, मुम्बई र रत्नागिरी हिँडेका ६५ जना बीच बाटोमै अलपत्र परे। उनीहरुलाई ट्रभल्स एजेन्सीले भारतको पुनास्थित बाउदानमा अलपत्र छोडेर एजेन्सीका सम्पर्क व्यक्ति फरार भए। ट्राभल्स एजेन्सीले बाटोमै अलपत्र छाडेपछि साउँदसँगै बैंङ्गलोर जाने ३३ जना ४२ घण्टापछि पुनः अर्को गाडीमा टिकट काटेर गन्तव्यमा हिँडे। उनीहरुलाई पुनाबाट बैंङ्गलोरसम्मको टिकटबापतको रकम फिर्ता गर्ने भनिएपनि १० दिन वितिसक्दा समेत अहिलेसम्म बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले पैसा फिर्ता गरेको छैन।  

घटना–४

सोही ट्राभल्सले मंसिर ७ गते धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाड्यो। ७ गते बेलुकी धनगढीबाट बैंङ्गलोरका लागि गएका यात्रुहरुलाई भातरको पलियानजिकै ७ किलोमिटर दक्षिण भीराको एक होटलमा लगेर बन्दक बनाइएको थियो। उनीहरुलाई कुटपिट गर्न थालिएपछि पलियाबाट ज्यान जोगाइ ७ गते राति ९ बजे धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमै २३ जना यात्रु फर्किएका थिए। उनीहरुले ८ गतेका दिन दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा गएर आफूहरुको पैसा असुल गरिदिन माग गरेपछि प्रहरीले ट्राभल्स एजेन्सीलाई पैसा फिर्ता गर्न निर्देशन दिएको थियो।

धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले धनगढीबाट सिधै भारतका विभिन्न सहर पुर्‍याइदिने भन्दै नेपाली मजदुरहरुलाई बीच बाटोमै अलपत्र छाडेका घटना पछिल्ला दिनमा एकपछि अर्को गर्दै दोहोरिन थालेका छन्। आफूलाई धनगढीबाट सिधै भारतको पुना सहर पुर्‍याउँछु भनेर टिकट कटाएको बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीले इन्दोरमा लगेर अलपत्र छोडेको बताउँदै गौरीगंगा–८, अण्डैयाका लोकेश पुरीले भने,‘भएभरका सबै रुपैयाँ बीच बाटोमै खाना खाए, खाजा खाएर सकियो, अर्को गाडीमा जाउँ भने पैसा छैन।’ 

उनले नेपालमै ठगी गर्ने बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लिलाई सरकारले कारबाही गरिनुपर्ने माग गरे। भारतको इन्दोरबाट उनले नागरिक संवाददातासँग टेलिफोन सम्पर्क गर्दै भने,‘हामी त ठगियौ ठगियौं, अब भारत आउने नेपालीलाई नठगोस् भनेर सरकारले कारबाही गरिदिनुपर्छ।’ उनीमात्रै हैनन् पछिल्लो समय बर्दादेवी टूर एण्ड ट्राभल्सबाट टिकट काटेर भारतका विभिन्न सहर हिँडेका नेपालीहरु बीच बाटोमै अलपत्र परेका छन्।  

न्याय माग्दै प्रहरीमा  

गत सोमबार राति भारतको पलियामा अलपत्र परेका नेपालीहरु अहिले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय धनगढीमा पुगेका छन्। उनीहरु जिल्ला प्रहरी कार्यालय धनगढीमा आफूहरुलाई ठगी गरेर अलपत्र पारेको ट्राभल्स एजेन्सीविरुद्ध कारबाहीको माग गर्दै टिकटबापतको रकम असुल उपर गरिदिन माग गरेका छन्।  

अलपत्र परेका नेपालीहरु निवेदन दिन जिल्ला प्रहरी कार्यालय पुगेको बताउँदै प्रहरी प्रमुख एसपी अुनपशमशेर जबराले टिकट काटेर अलपत्र छाड्ने बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.का सञ्चालकसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। उनीहरुलाई अभद्र व्यवहार मुद्दा चलाइने उनले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस