प्रदेश राजधानीमा बढ्दै सडक दुर्घटना
१७ मंसिर २०७७
•
२ मिनेट पाठ
प्रदेश राजधानीमा बढ्दै सडक दुर्घटना
वीरेन्द्रनगरमा दुर्घटना ग्रस्त अटो रिक्सा । तस्बिरः नागरिक
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मूलपानी चोक नजिकै बुधबार बिहान अटो दुर्घटना भयो। उक्त दुर्घटनामा ठूलो क्षति भएन। दुईजना घाइते भए। मंगलबार जिप दुर्घटना भयो। सोमबार छुट्टाछुट्टै ठाउँमा अटो रिक्सा र मोटरसाइकल दुर्घटना भए। उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि मोटरसाइकल पूर्णरुपमा ध्वस्त भयो र अटोमा धेरै क्षति भयो।




यति मात्र होइन पछिल्लो समय तीव्र गतिमा सवारी साधन चलाउँदा र ट्राफिक व्यवस्थापन फितलो हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक साना सवारी दुर्घटना हुँदै आएका छन्। वीरेन्द्रनगरमा करिब २५ हजारभन्दा बढी सवारी साधन गुड्छन्। यी सवारी साधनलाई सहीरुपमा व्यवस्थापन गर्न नसक्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ। ठूला दुर्घटना नभए पनि हप्तामा नगरभित्र सात/आठवटा साना दुर्घटना हुने गरेका छन्। ‘ट्राफिक प्रहरीले सही व्यवस्थापन गर्न नसक्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रायः दुर्घटना हुने गरेका छन्,’ नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव सुदीप पुरीले भने, ‘सवारी चालकसहित ट्राफिक प्रहरीले पनि सहीरूपमा जिम्मेवारी निर्वाह गर्न नसक्दा दुर्घटना बढ्दै गएका छन्।’ ‘यस्तो फिलतो ट्राफिक व्यवस्थापन भयो भने नगरभित्र ठूला दुर्घटना नहोलान् भन्न सकिन्न,’ उनी भन्छन्, ‘ट्राफिक प्रहरी जरिवाना असुल्नुभन्दा कारबाही गर्न लाग्नु पर्छ।’ प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनलाई जरिवाना मात्र तिराउने र कार्बाही नगर्दा पनि ट्राफिक उल्लंघन बढ्दै गएको उनको भनाइ छ। जरिवाना असुलसँगै ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्बाही पनि गर्नुपर्ने उनीहरू बताउँछन्।

ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीको चिनेजानेको व्यक्तिलाई नियन्त्रण नगर्दा झन् जोखिम बढ्दो छ। त्यस्ता व्यक्तिहरूले सडकमा जथाभावी सवारी साधन चलाउने गरेका छन्। वीरेन्द्रनगरमा ट्राफिक नियम कार्यान्वयन गर्नतर्फ जिम्मेवार निकाय लागेमा दुर्घटना न्यूनीकरण हुने नागरिक समाजका खिम रेग्मीले जनाए। ‘बजारमा कतिबेला त ट्राफिक प्रहरी भए नभएको अनुभूति नै हुँदैन,’ उनले भने, ‘सडकमा हिँड्दा आफैँतिर सवारी साधन ठोकिएला भन्ने डर हुन्छ।’ बजारभित्र गति सीमित नहुँदा पनि दुर्घटना बढ्दै गएको उनको भनाइ छ।

वीरेन्द्रनगरको तल्लो बजार (मंगलगढी–वीरेन्द्रचौक) सडक सबैभन्दा अस्तव्यस्त हुन्छ। त्यहाँ आफ्नो रुट (साइट) मा समेत सवारी साधन हिँड्दैनन्। जसले गर्दा पैदलयात्रीलाई जोखिम बढ्दै गएको वीरेन्द्रनगरका स्थानीय मनराज देवकोटा बताउँछन्। ‘ट्राफिक प्रहरीले राम्रो व्यवस्थापन गर्न नसक्दा सडक छेउछाउ हिँड्न र सडक क्रस (बाटो काट्न) गर्न ठूलो जोखिम छ,’ उनले भने, ‘यस्तो हुँदा पनि ट्राफिक प्रहरी मुखदर्शक मात्र हुन्छ।’ उक्त सडकमा जेब्रा क्रसिङ नहुँदा पनि यात्रुलाई बाटो काट्न समस्या हुँदैन आएको छ। प्रदेश राजधानी जस्तो ठाउँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनु ट्राफिक प्रहरीको असक्षमता भएको स्थानीय बताउँछन्।  

यता ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाएको बताएको छ। मंगलबारदेखि ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग एक मिनेट’ अभियान सञ्चालन गरेको छ। यसले दुर्घटना न्यूनीकरणमा सघाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस