सेवाप्रवाह प्रभावकारी बनाउने प्रतिबद्धता
१४ मंसिर २०७७
•
३ मिनेट पाठ
सेवाप्रवाह प्रभावकारी बनाउने प्रतिबद्धता
गाउँमै सरकार आइपुग्दा पनि सेवाप्रवाह तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन्। ‘स्थानीय सरकार आएको तीन वर्ष भइसक्दा पनि हामी जनताले सहजै सेवा पाउन सकेका छैनौँ,’ खनियाबास गाउँपालिकाका सुन्दर तामाङले भने, ‘अपांगता, एकल महिला भएकाहरुले सेवा लिन गाह्रो छ, समस्या राख्यो सुनुवाई हुन सक्दैन।’ अपांगता परिचयपत्र वितरण गर्दा सहज रुपमा वितरण हुनुपर्ने माग उनले गरे।  




उत्तरी धादिङको खनियाबास गाउँपालिकामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा तामाङले अपांगता भएकाहरुलाई सार्वजनिक सवारी साधनमा सवारी भाडा छुटको व्यवस्था भएपनि यातयात व्यवसायीले नदिने गरेको गुनासो राखे। स्थानीय तहले अपांगताका आधारमा परिचयपत्र वितरण गर्ने भनिएतापनि ढिलासुस्ती भएको बताए। अपांगता भएकाहरुलाई विशेष शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था भएपनि आफ्नो स्थानीय तहका विद्यालयमा बेवास्ता गरिएको उनले बताए।  

खनियाबास गाउँपालिकाकै जंगबहादुर तामाङले एक विद्यालय एक नर्र्स कार्यक्रमबाट विद्यालयका लागि खरिद गरिएका सामाग्रीहरु धेरै समय भइसक्दा पनि गाउँपालिकाकै स्टोरमा थन्किएको बताए। ‘नर्स कार्यक्रम अन्र्तगत आएका स्वास्थ्य सामग्रीहरु विद्यालयमा नै पुगेको छैन, गाउँपालिकाकै स्टोरमा थन्किएको अवस्था छ’, उनले भने, ‘स्वास्थ्यजस्तो विषयमा गाउँपालिका पनि संवेदनशील हुनुपर्छ।’ गाउँपालिकाको खनियाबास गाउँपालिकाको बच्छला देबी माविमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको छ।  

सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाको बारेमा प्रश्नोत्तर गरिएको थियो। आगामी दिनमा सेवा सुधारका लागि मार्ग निर्देशन, नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने लगायतका विषयमा छलफल गरिएको थियो। खनियावास गाउँपालिकाको आयोजना तथा पूर्णिमा–विहानी परियोजना धादिङको समन्वयमा गाउँपालिकाको कार्यलयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।

कार्यक्रममा उठेका प्रश्नको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, उपप्रमुख योमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली र सम्बन्धित वडाका वडा अध्यक्षहरुले जवाफ दिएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका तीन ओटा बुँदागत विषयमा गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्।  

सामूहिक हस्ताक्षर गर्दै खनियाबास गाउँपालिकाको कार्यलयमा एक महिना भित्र ट्याङकी र धारासहितको शौचालय निर्माण गर्ने, आगामी मंसिर २५ र २७ गते आपाङ्गता परिचय पत्र वितरण गर्न शिविर सञ्चालन गर्ने बताए। यातायात समितिसँग समन्वय गरी पुषको पहिलो हप्ता भित्र यातायात छुटको लागि आवश्यक समन्वयात्मक पहल गरिने, एक विद्यालय एक नर्स कार्यक्रमबाट विद्यालयका लागि खरिद गरिएका सामाग्रीहरु गाउँपालिका स्टोरमा रहेको हुँदा चार दिन भित्र सम्बन्धित विद्यालयमा पठाउने साथै नर्सको परिचालनमा देखिएको समस्या मंसिर मसान्तभित्र समाधान गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरे।  

गाउँमै आएको स्थानीय सरकारबाट सहज र सरल रुपमा आमनागरिकलाई सेवा दिलाउन प्रतिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए। ‘स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष तामाङले भने, ‘सेवाग्राहीबाट आएका गुनासो, सुझावलाई सुन्दै आवश्यकता अनुसार परिमार्जित गर्दै लैजानेछौँ।’  

कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस