हुम्लास्थित कृषि विकास कार्यालयको हाताभित्र दुईवटा सकेट बम फेला परेका छन्। आइतबार बिहान जिल्ला सदरमुकाम सिमीकोट गाउँपालिका–५ मा रहेको कार्यालयमा उक्त बम फेला परेका हुन्।
दुई लिटरको बाल्टिनलाई प्लास्टिक र डोरीले बेरेको अवस्थामा बम भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सोही बम नजिकै अर्काे प्लास्टिक र डोरी तारले बेरेको अवस्थामा सकेट बम फेला परेको प्रहरीले जनाएको छ। उक्त बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विप्लव नेतृत्वको नेकपा माओवादीले उक्त सकेट बम राखेको हुन सक्ने स्थानीयको अनुमान छ। तर अनुसन्धान भइ नसकेकाले उक्त अनुमान पृष्टि हुन सकेको छैन।