उत्पादनमुखी काममा लाग्न प्रदेश सरकारको अपिल
०८ मंसिर २०७७
•
३ मिनेट पाठ
उत्पादनमुखी काममा लाग्न प्रदेश सरकारको अपिल
विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस लामो समयसम्म न्यूनीकरण नभएपछि कर्णाली प्रदेश सरकारले रोजगारी गुमाएर घर फर्किएका युवायुवतीलाई उत्पादनमुखी काममा जोडिन अपिल गरेको छ। कोरोना भाइरसको औषधि बनि नसकेको र घर फर्किएका युवायुवती कामविहीन हुँदा प्रदेश सरकारले उनीहरूलाई उत्पादनमुखी काममा जोडिन अपिल गरेको हो।




गाउँमा फर्किएको श्रमशक्ति गाउँमै उत्पादनमुखी काममा जोडिँदा सिंगो मुलुकको आर्थिक समृद्धि हुने कर्णाली प्रदेश सरकारको भनाइ छ। अहिले घर फर्किएकाहरू उत्पादनमुखी काममा जोडिएर आयआर्जन गर्नुपर्ने प्रदेश सरकारले बताएको छ। कोरोना भाइरस त्रासका बीच रोजगारी गुमाएर फर्किएकाहरूका लागि विशेष ‘प्याकेज’ नभए पनि सरकारले सञ्चालन गरेका अन्य कार्यक्रममा जोडिन सकिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्। ‘अहिले तत्काललाई यो वा त्योलाई भनेर कार्यक्रम छैन,’ प्रदेश सरकारकी प्रवक्तासमेत भएकी उनले भनिन्, ‘ऊ र म नभनेर कार्यक्रममा सबै जोडिन सक्नु हुन्छ।’ 

आगामी दिनमा प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरेर कार्यक्रम ल्याउने भन्दै उनले भनिन्, ‘अहिले विभिन्न उत्पादनमूलक काममा जोडिन सकिन्छ।’ कृषि कामका लागि आर्थिक समस्या हुन नदिन प्रदेश सरकारले ब्याजमा अनुदानजस्ता कार्यक्रमसमेत ल्याएको उनले बताइन्। विभिन्न कृषिजन्य कामबाट आयआर्जन गर्न सकिने उनको भनाइ छ।

‘पैसा छैन भनेर काम नगरेर बस्नु भएन,’ उनले भनिन्, ‘ऋण लिएर काम गर्न सकिन्छ। जसको ब्याज प्रदेश सरकारले तिर्छ।’ अर्गानिक नमुना बस्ती निर्माणमा समेत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन्। अहिले नै पहिले जस्तो गरी काम गर्न सकिने स्थिति नभएको भन्दै उनले घरमा उत्पादनमुखी काम गर्दा कोरोना भाइरसको जोखिम पनि नहुने र आर्थिक लाभ पनि लिन सकिने बताइन्। कोरोना भाइरसको त्रासका कारण सरकारका कार्यक्रमसमेत प्रभावित हुँदा रोजगारी गुमाएरकाहरू कामविहीन भएका थिए।  

कृषिको सम्भावना भएको कर्णालीमा जडीबुटी, तरकारी, फलफूल, अन्य कृषिजस्ता उत्पादनमुखी काममा जोडिन सकिने प्रदेश सरकारले जनाएको छ। आलु, टमाटर, सागसब्जीलगायतका तरकारी, माछा, बाख्रा, कुखुरा पालनजस्ता कामबाट आयआर्जन गर्न सकिने नागरिक समाजका खिम रेग्मीले जानकारी दिए। ‘घरमा खाली समय बस्नुभन्दा उत्पादनमुखी काममा लाग्दा आयआर्जन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जसले गर्दा घरमै रोजगारी सिर्जना हुन्छ।’

कोरोना भाइरसका कारण रोजगारी गुमाएर घर फर्किएकाले आफू लक्षित कार्यक्रम ल्याउने अपेक्षा गरेका थिए तर, स्थानीय र प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएकाहरूलाई लक्षित गरेर कुनै कार्यक्रममा ल्याउन सकेका छैनन्। जसको फलस्वरूप घर फर्किएका युवायुवती पुनः कोरोना भाइरसको जोखिम मोल्दै रोजगारीका लागि गन्तव्यमा हिँडेका छन्। कोरोना भाइरसका कारण गाउँ फर्किएकालाई लक्षित गरेर कार्यक्रम ल्याउन प्रदेश तथा स्थानीय सरकार चुक्दा देशले ठूलो श्रम शक्ति विदेश पठाउनु पर्ने बाध्यता छ।  

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याएको छ। प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ। यस्ता कार्यक्रममा सबैजना सहभागी हुनुपर्ने प्रदेश सरकारले बताएको छ। अन्य पूर्वाधार र मुख्यमन्त्री रोजगार कार्यक्रममा समेत कामविहीन भएकाहरू जोडिन सकिने बताइएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस