नेपालीबाटै ठगिन्छन् नेपाली
०७ मंसिर २०७७
•
२ मिनेट पाठ
नेपालीबाटै ठगिन्छन् नेपाली
रुकुम पश्चिम चौरजहारी नगरपालिकास्थित नुवाकोटकी सशिकला सार्की बिरामीले अचेत थिइन्। गाउँकै एकजनाले उनलाई उपचारका लागि भारतको लखनउ जान सुझाए। सोहीअनुसार लखनउ पुग्दा नेपाली भाषीजस्ता देखिनेसँग भेटघाटसँगै चिनजान हुन्छ। दाङ घर बताउने नेपाली भाषीले सशिकलाको उपचारमा सहयोग गर्ने बताउँछन्। सशिकलाका श्रीमान् भीम विश्वास गर्छन् र उनलाई सहयोगीका रुपमा लिन्छन्। पछि स्वास्थ्य परीक्षण गर्दादेखि, सुत्दा र खाँदासम्म भीम ठगिन्छन्। उनी ठगिनुको प्रमुख कारण थियो, नचिनेको व्यक्तिलाई छिट्टै विश्वास गर्नु।




यदि उनले ती नेपाली भनिनेलाई विश्वास नगरि सीधैं अस्पतालको सम्पर्कमा गएको भए ठगिनु पर्ने स्थिति कमै हुन्थ्यो। डाक्टरले भनेअनुसार स्वास्थ्य परीक्षण हुनुपर्ने हो तर सशिकलालाई सीधैं ल्याबमा लगियो र विभिन्न स्वास्थ्य परीक्षण गरियो। उक्त स्वास्थ्य परीक्षण कामयाबी भएन। अन्ततः उनी उक्त दलालीबाट उम्किएर आफैँ अस्पतालसम्म पुगे। ‘दलालीले स्वास्थ्य परीक्षण त परको कुरा खाना र सुत्नमा समेत ठग्यो,’ उनी भन्छन्, ‘नेपाली भनेर छिनभरमै विश्वास गरे। पछि आफैँ ठगिए।’ लखनउका आश्रममा एक रात सुतेको एक सयदेखि दुई सय रूपैयाँ सुतेको लाग्छ, तर भीमबाट उक्त दलालीले तीन सय रूपैयाँ असुल गरे। भीम एक सय रूपैयाँ लाग्ने कोठामा बास बसेका थिए। 

उनीजस्तै दाङ सन्तोष चौधरी पनि लखनउ उपचार गराउन जाँदा ठगिए। उनलाई अस्पतालले होइन, लखनउमा बसेर दलाली गर्ने नेपालीबाट सन्तोष पनि ठगिन पुगे। ‘म पनि अस्पतालभन्दा पहिला नेपाली दलालसँग सम्पर्कमा पुगे,’ उनले भने, ‘त्यहाँ मलाई दुई हजारसम्म भारतीय रूपैयाँ ठगी गरे।’ उनीहरू मात्र होइन उपचारका लागि नेपालबाट लखनउसम्म उपचार गर्न आउने नेपाली नेपालीबाटै ठगिने गरेका छन्। भारतमा नेपालीपन देखाएर सहयोग माग्न खोज्दा आफूहरू ठगिने गरेका उनीहरू बताउँछन्। लखनउमा विशेषगरि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बासिन्दा उपचार गराउन आउने गर्छन्। उपचार भरपर्दाे हुने विश्वासले उनीहरू उपचारका लागि लखनउसम्म पुग्छन्।

लखनउका कतिपय अस्प्तालमा नेपालीले क्यान्टिन (चमेना गृह) समेत सञ्चालन गरेका छन्। ‘नेपालीपन देखाएर गलत धन्दा चलाउनेबाट नेपाली ठगिने गरेका छन्,’ उपचारका लागि लखनउ पुगेका बाँकेका सोहराब अली भन्छन्, ‘नेपाली भन्नासाथ विश्वास गर्नु हुँदैन।’ सीधैं सम्बन्धित ठाउँ जानु पर्ने र सोधपुछ गरेर काम गर्दा ठगीबाट जोगिन सकिने उनको भनाइ छ। दैनिक दर्जनौ ठूला उपचार गर्नुपर्ने बिरामी लखनउ पुग्ने गर्छन्। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको राजधानी लखनउ पश्चिम नेपालको उपचारको भरपर्दाे सहर मानिन्छ। कुन अस्पतालमा उपचार गराउने भन्ने एकिन नहुनु, उपचार गराउने अस्पतालका बारेमा पूर्व जानकारी नराख्नु र भाषाको समस्याले पनि नेपाली नेपालीबाटै ठगिने गरेका छन्। 

कतिपय नेपालीले लखनउमा बसेर नेपालीलाई ठगी गर्ने धन्दा चलाउँदै आएका छन्। तिनीहरूको सम्पर्कमा पुग्दा जो कोही नेपाली पनि ठगिन्छन्। अफ्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नुको साटो उल्टै ठग्नु दुःखद् भएको नेपालबाट उपचार तथा अन्य कामका लागि लखनउ आएकाहरू बताउँछन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस