लक्ष्मी पूजाकै दिन विद्युत बलेपछि तामाङ बस्ती हर्षित
३० कार्तिक २०७७
•
५ मिनेट पाठ
लक्ष्मी पूजाकै दिन विद्युत बलेपछि तामाङ बस्ती हर्षित
विद्युतीकरण उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, वडाध्यक्षलगायत अतिथिहरु । तस्बिरः महेश्वर
लक्ष्मी पूजाकै दिन गाउँमा विजुली बाल्न पाएपछि उदयपुरको तामाङ बस्ती हर्षित हुन पुगेको छ। सदरमुकाम भए पनि विकास निर्माणमा धेरै पछि रहेको त्रियुगा नगरपालिका १६ को धौरीमा शनिबारदेखि बत्ती बलेपछि ७५ घरधुरी बसोबास रहेको गाउँलेमा खुसीको सीमा रहेन।  




२७ वर्षअघि नै विजुली बलेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुंगा खानी क्षेत्र जाल्पा चिलाउनेकै सिँधालीभन्दा ३ किलोमिटर मात्र टाढा धौरीबासी अहिलेसम्म टुकीको भरमा बस्दै आएका थिए। ३ दशकअघि टाङैमुनिका सुकौरा, मुर्कुची, सिँधाली झलमल्ल भए पनि टुकीको भरमा बस्नुपर्ने बाध्यता हटाईदिएकोमा हर्षआँसु मिश्रित गाउँलेले विद्युतीकरण उद्घाटन कार्यक्रममा वडाध्यक्ष माननबहादुर राईलाई मुरीमुरी धन्यबाद दिए।  

‘हामी नगरबासी भए पनि सामान्य गाउँलेको सुविधा पनि पाएका थिएनौं, चुनावपछि क्रमशः विकास देख्न र भोग्न पायौं’ स्थानीय ७० वर्षीय अगुवा कुलबहादुर तामाङले हर्षविभोर हुँदै वडाध्यक्ष राईलाई अँगालेर भने ‘गाउँ विकासमा नेता र जनप्रतिनिधि राम्रो हुनुपर्दो रहेछ। तिमी वडाध्यक्ष भएपछि गाउँमा विजुली बल्यो, बाटो पनि बन्यो। हामी धेरै खुसी छौं बाबु, तिमीलाई धेरैधेरै धन्यबाद!’  

स्थानीय सीतामाया तामाङले गाउँमा यतिछिटै विजुली बल्छ भनेर कल्पनै नगरेको भन्दै यसले गाउँलेमा खुसीको सीमा नरहेको बताईन्। विहानी सामुदायिक संस्थाकी सचिवसमेत रहेकी सीताले भनिन् ‘विद्युत नहुँदा हामीले बाल्यकालमा टुकी बालेर पढ्नुपथ्र्यो, अव यहाँका बालबालिका राति पढ्न हामी महिलालाई अँध्यारोमा भातभान्छा उतार्ने समस्या सदाका लागि हट्यो।’ गाउँमा बत्ती बलेपछि निरक्षर महिला र बृद्धाबृद्धलाई साउँ अक्षर चिनाउने अभियानमा आफू लाग्ने घोषणासमेत सचिव तामाङले गरिन्।  

मावि भोर्ले चिलाउनेका प्रधानाध्यापक कुविर रखाल, धौरीका विष्णु तामाङ, खड्ग तामाङ, सुनौलो टोल विकास संस्थाका अध्यक्ष बीरबहादुर तामाङ, लालबहादुर तामाङ, हिरालाल तामाङ, डुकुरसिंह वन समूहकी सचिव शर्मिला तामाङ, अगुवा युवा उपेन्द्र तामाङ र बुद्धिजीवि केशव रायमाझइले विजुली बलेको कुरा सपनाजस्तो लागेको प्रतिक्रिया दिए। ३ वर्षअघि बाटो, विजुली, खानेपानी केही नभएको बिकट गाउँमा एकवर्षअघि सडक बनेपछि नगरपालिका आउन जान सहज भएकोमा अहिले बत्ती बलेपछि गाउँलेहरु मख्ख भएको उनीहरुले बताए।  

वडाध्यक्ष राईले नगरपालिका भए पनि धेरै बिकट र पिछाडिएको १६ नं. वडाको पनि धौरी सबभन्दा पिछडिएको बस्तीमा अहोरात्र खटेर बत्ती बाल्ने काम भएको बताए। धौरीको सबभन्दा ठूलो समस्या सडक र विद्युत पुर्‍याउन आफू निर्वाचित भएदेखि नै केन्द्रित भएको र सबैको सहयोग पाएपछि परिणाम देखिँदा गाउँलेजत्तिकै खुसी लागेको प्रतिक्रिया वडाध्यक्ष राईको थियो। उनका अनुसार ३ वर्षअघि भोट माग्न आउँदा गरेको वाचा पुरा भएकोमा गाउँलेभन्दा आफूलाई धेरै खुसी भएको छ। विहानी महिला सामुदायिक संस्था, सुन्दर टोल विकास संस्था र डुकुरसिंह वन समूहको श्रमदान साझेदारीमा दुईवर्षमै काम सम्पन्न भएको धौरी विद्युतीकरणमा १ करोड लगानी भएको उनले बताए।  

वडा महिला सदस्य कुन्ता परियारका अनुसार विजुली उपभोग गर्ने धौरीका ७५ घरधुरीमध्ये ६ घर दलित र १ घर राईबाहेक सबै तामाङ समुदायका छन्। उनले ठूलो गाउँ र पातलो बस्ती भएकाले धेरै पोल र बढी तार खपत भएको बताईन्।  

शनिबार साँझ एक कार्यक्रमका बीच नेकपा जिल्ला सचिवालय सदस्य किरण राईले स्वीच दावेर विद्युतीकरणको उद्घाटन गरे। ०७४ को निर्वाचनमा तत्कालीन माओवादीका पराजित मेयरका उम्मेदवारसमेत रहेका राईले चुनावताका भोट माग्दा गाउँलेसँग गरेको सडक, विजुली र खानेपानीको वाचा पुरा भएकोमा खुसी लागेको बताए। घोषणापत्रमा गरेको वाचा पुरा गर्न वडाध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय सरकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको योगदानलाई नबिर्सन उनले गाउँलेलाई आग्रह गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्तासमेत रहेका नेता राईले विद्युत, सडक, खानेपानीजस्तै खेलकुद क्षेत्रमा पनि उत्तिकै ध्यान दिन नेकपा सरकारको ध्यानाकर्षण गराए। जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनेगरी सरकारले काम गर्नुपर्ने र गरिरहेको दावी गर्दै उनले वडादेखि संघ (केन्द्र)सम्मकै सरकार नेकपाले सञ्चालन गरिहेकाले इच्छाशक्ति राखेर काम गर्न चाहेमा गाउँगाउँमा विकास पुग्छ भन्ने एउटा उदाहरण धौरी भएको बताए। सडक बनिसकेको र विजुली आईसकेपछि अब गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य र खेलकुदका पूर्वधारतर्फ वडा र नगरपालिकाले ध्यान दिनुपर्ने भन्दै त्यसका लागि पार्टीको जिल्ला नेताको हैसियतले आफूले पनि सक्दो भूमिका खेल्ने प्रतिबद्धता राईले जनाए।  

अर्का सचिवालय सदस्य भागवत राउतले ३ वर्षअघि अनकन्टार, अँध्यारो, गोरेटो र नेटवर्क नहुँदा मोवाईलमा कुरा गर्न नसकेको गाउँमा अहिले गाडी भढेर आउन पाएको, घरघरमा विजुली र खोलाखाल्सीमा पनि मोवाईलबाट कुरा गर्न पाएकोमा खुसी व्यक्त गरे। सामूहिक प्रयासले विकास हुने भन्दै राउतले गाउँ उज्यालो भएपछि अब अरु विकासमा पनि सहकार्य गर्न आग्रह गरे। गरिव जनता र अविकसित गाउँलाई धनी र विकसित बनाउन बहुमत जनमत पाएको नेकपाले परिणाममुखी काम गरेर देखाउन थालेको भन्दै अझै जनकेन्द्रित भएर काम गर्न सुझाए।  

उदयपुर सिमेन्टको चुनढुंगा खानी र बेलदोभान गुफा तथा झर्नालगायत पर्यटकीयस्तल रहेकाले १६ नं. वडाको ६० वडा भूभाग राज्यले रोक्का गरेको भन्दै राउतले भविष्यमा १६ नं. वडा धेरै धनी र समृद्ध हुने बताए। नेत्रज्योति संघ उदयपुरका अध्यक्षसमेत रहेका राउतले खनिज, वन र अन्य सम्पत्तिको राज्य र स्थानीयले सदुपयोग गर १६ नं. वडा नगरको मात्र नभएर देशकै नमुना बन्ने संभावना औंल्याए।  

गाउँमा विजुली बलेको पहिलो दिन नै लक्ष्मी पूजा परेकाले सदरमकुामबाट गउकोे अतिथि टोलीसँग उद्घाटनपछि मध्यरातिसम्म घरघरमा बिजुली बत्ती बालेर देउसी भैलो खेल्दै नाचगानमा रमाएका थिए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस