जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ। हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडित पक्ष मोफ्लाका स्थानीयवासीले शुक्रबार अपरान्ह प्रशासन कार्यालयमाथि अन्धाधुन्धा ढुंगामुढा गरेका थिए। प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाइएको हो।
मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुङ्गा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी विट र मालिका मन्दिर तोडफोड हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
'पीडित पक्ष प्रशासन गेटअघि आएपछि हामीले नेतृत्व गरेर आएका व्यक्तिलगायत नौ जनालाई वार्ताका लागि भित्र बोलायौं', प्रजिअ थापाले भने, 'तर एकैछिन म लगायत जनपथ र सशस्त्रको डिएस्पीमाथि नै ढुङ्गा बर्साए, हामी बच्यौं तर ढुंगा प्रहारबाट एक जनपथ र तीन सशस्त्र प्रहरी घाइते भएका छन्।'
घटनामा सुनियोजित भएको जनाउँदै उनले त्यसमा संलग्न नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा लगाइएको बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पतिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराधअन्र्तगतको मुद्दा चलाइएको जानकारी दिए। जसमा चार जनालाई नियन्त्रणमा लिइएको र पाँच फरार रहेका प्रहरी निरीक्षक राठौरले बताए। रासस