कोरोना भाइरस संक्रमणका कारण सुर्खेतका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–८, का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
उनको २३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको थियो। मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
आकस्मिक तथा अन्य आवश्यक उपचार साथै अक्सिजन दिँदा पनि बचाउन नसकिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। उनीसँगै कर्णामा कोरोना संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन्।