उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित एक होटल र पुस्तकालयमा गएराति आगलागी हुँदा ५० लाखबढीको क्षति भएको छ । उदयपुर र सुनसरीको सीमानास्थल चतारा कोठुस्थित सप्तकोसी नयाँ पुलमा सञ्चालित होटल गन्तब्य किचन र महाकाली पुस्तक पसलमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।
राति लगभग १० बजेजस्तो समयमा होटल सञ्चालकले पसल बन्द गरेर घर गईसकेपछि एक्कासी देवी गिरीले सञ्चालन गरेको गन्तव्य किचन होटल र घरमा आगो लागेर नष्ट भएको हो । सोही ठाउँमा सञ्चालित खड्ग राईका महाकाली पुस्तक पसल पनि आगोले ध्वस्त पारेको प्रहरी चौकी कोठुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट होटलभित्रका किचन सामग्री, भाँडाकुँडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायत सबै जलेर खरानी भएको गिरीले बताईन् ।
उनका अनुसार आगलागीमा परेर स्थानीय गान्दीप मान राई र बुद्ध राईको एकतले काठे घर पुरै ध्वस्त भएको हो । सो घर गिरीले भाडामा लिएर होटल सञ्चालन गर्दै आएकी थिईन् । आगलागीको कारण विद्युत सर्ट भएर भएको हुनसक्ने प्रहरीको आशंका छ । अहिलेसम्म कारण नखुलेकाले विद्युत सर्ट भएरै आगलागी भएको हुनुपर्ने ठहर स्थानीयको छ ।
गिरीले राति साढे ९ बजे होटल बन्द गरेर घर फर्किदै गर्दा राति टाढैबाट आगोको मुस्लो देखिएपछि सोधखोज गर्दा आफ्नै होटलमा आगलागी भएको खबर पाएको बताईन् । उनका अनुसार आगलागीबाट आफुले ज्युमा लगाएको लुगाबाहेक केही बाँकी नरहने गरी भस्म भएको छ । गिरीको होटलमा मात्रै ११लाखभन्दा बढी क्षती भएको प्रहरी अनुमान छ । त्यस्तै, नजिकै रहेको अर्को घरमा खड्ग राईको पुस्तक पसलमा भएको आगलागीबाट ८ लाखभन्दा बढीको क्षति भएको छ । दुवै घरसहित ५० लाखबढीको क्षति हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगो स्थानीय तत्काल भेला भएका स्थानीयबासी र कोठु प्रहरीको सक्रियतामा एकघण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । आगो निभाउन बेलका नगरपालिकाको ट्यांकरबाट पानी ओसार्नुका साथै सुनसरीको झुम्काबाट बारुण यन्त्र (दमकल) बोलाइएको नगर उपप्रमुख राजकुमारी चौधरीले बताईन् ।
चिसो बढेसँगै राति ९ः०० बजेभित्र मान्छे सबै सुतिसक्ने भए पनि पछिल्लो समय कोठु बजार राति अवेरसम्म खुल्ला रहने भएकाले आगो नियन्त्रणमा लिन सहज भएको उनले बताए । केहीबेर नियन्त्रणमा लिन ढिला भए आगो फैलिएर पुरै बजार क्षति गर्ने संभावनाबाट बँचेको वडाध्यक्ष जयकुमार राईले बताए ।
अग्निपीडित दुवै परिवारलार्य नगरपालिकाले छिट्टै राहत वितरण गर्ने तयारी गरिरहेको उपमेयर चौधरीले बताईन् । उनले जतिसक्दो चाँडो र धेरै राहत सहयोग जुटाउने पहल आश्वासन पीडित परिवारलाई दिएको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताएका छन् ।