राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्यालीसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनको क्रममा निकालिएको मोटरसाईकल र्यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरी बरगाछि चोकमा कोषसभामा परिणत भएको थियो। नेपाल बिद्धत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले आफूहरुले विगत १५ वर्षदेखि निरन्तर राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको र त्यही विषयलाई निरन्तरताको क्रममा मोटरसाईल र्याली आयोजना गरिएको बताए। कोणसभामा राजसंस्था पक्षधर नेताहरुले देशका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भएको बताएका थिए।