उदयपुरको एक सामुदायिक वन समूहबाट प्रहरी अवैध चोरीको चिरान काठसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलका नगरपालिका ९ स्थित माछापुछ्रे सामुदायिक वन उपभोक्रा समूहबाट मंगलबार राति अन्दाजी ९ बजे प्रहरीले सखुवाको काठसहित सोही वडाका शसी थापामगरलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रामपुरका निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले बेलका ९ स्थित माछापुछ्रे सावउसको खोरियाटोलबाट अवैध चोरी गरी ल्याउदै गरेको अवस्थामा चिरान काठसहित मगरलाई पक्राउ गरेको हो। उनको साथबाट ७ फुट लम्बाईका चिरान बटम ९ थान बरामद भएको प्रहरीले जनाएको छ।
काठ ल्याउँदै गरेको अवस्थामा भेटिएका मगरलाई सोधपुछ गर्दा अवैध भन्ने खुलेपछि नियन्त्रणमा लिइएको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउ काठ ५.३ क्युविक फिट अर्थात ३५ हजार हाराहारी मूल्य बराबरको रहेको बताइएको छ। पक्राउ काठ र मगरलाई अनुसन्धानपछि आवश्यक कारवाहीका लागि बेलकाकै ७ नं. मैनामैनी सव डिभिजन वन कार्यालयको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।