गाडीमा छैन सावधानी !
२२ कार्तिक २०७७
•
३ मिनेट पाठ
गाडीमा छैन सावधानी !
सरकारी मापदण्डअनुसार मास्क प्रयोग नगरि गाडी चलाउँदै गाडी चालक । तस्बिरः गणेश/नागरिक
सवारी साधनमा यात्रुले मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनु पर्ने जस्ता मापदण्ड बनाएर कोभिड–१९ (कोरोना भाइरस) का कारण बन्द भएका यातायात सञ्चालन गर्ने सरकारले निर्णय गर्‍यो। तर, कोरोना भाइरस न्यूनीकरण नहुँदा पनि यातायात व्यवसायीले उक्त मापदण्ड पालना नगरेको पाइएको छ।




गाडी चालक र सहचालक आफैँ मास्क र सेनिटाइजर प्रयोग नगर्दा यात्रुहरू पनि आफ्नो दायित्वबाट पछाडि हट्ने गरेका छन्। कोचाकोच अवस्थामा रहेका यात्रुले यात्रा पूरा नगर्दासम्म मास्क नखोल्ने भनिए पनि केही यात्रुले मास्कसमेत प्रयोग गरेका हुँदैनन्। चालक र सहचालक मास्क लगाए पनि चिउँडोमा लगाउँछन्। त्यसको कुनै अर्थ हुँदैन। धेरै चालकले चिउँडोमा झुन्ड्याएको मास्क प्रयोग गर्ने समयसीमाभन्दा धेरै प्रयोग गरिएको जस्ता देखिन्छन्।

‘यात्रु बस्दा नै सहचालकले मास्क, सेनिटाइजर अनिवार्य लगाइदिनु पर्छ,’ नेपालगन्जबाट सुर्खेत आएका कालीकोटका दिपेन्द्र बुढाले भने, ‘चालक, सहचालक आफैँ लगाउँदैनन्, अनि उनीहरुले यात्रुलाई कसरी सावधानी गराउलान्।’ यस्तो अवस्थामा यात्रु आफैँले सावधानी अपनाउनु पर्ने भए पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ।  

गाडीमा सावधानी नअपनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने डर हुने भन्दै उनले भने, ‘सरकारी मापदण्ड पूरा गर्न यात्रुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ।’ जसले नागरिकको दायित्व पूरा हुने र कोरोना भाइरस संक्रमणको डर पनि कम हुने उनले बताए। सुर्खेतस्थित वीरेन्द्रनगर रहेको बसपार्कबाट दैलेख जाँदै गरेको गाडीभरि यात्रु थिए। धेरैले मास्क प्रयोग गरेका थिए भने थोरैले मास्क लगाएका थिएनन्। चालक र सहचालकले मास्क लगाएका थिएनन्। उनीहरूलाई यात्रु तानातान गर्नमै व्यस्त थिए। ‘गाडीमा बस्दा अनिवार्य मास्क लगाउन मापदण्ड भए पनि सबैले लगाउँदैनन्,’ सुर्खेतबाट दैलेख जाँदै गरेका प्रवीण केसीले भने, ‘गाडी कर्मचारीले पनि समातेर गाडीभित्र बसाल्छन्।’ गाडीमा बसाइँ व्यवस्थापन नहुँदा पनि जोखिम बढ्दो छ।

‘गाडी चालक र सहचालक दैनिक धेरै मान्छेसँगको सम्पर्कमा हुन्छन्,’ सम्झना ऐडीले भनिन्, ‘उनीहरूले त झन अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने हो। तर उनीहरू आफैँ मास्क र सेनिटाइजर प्रयोग गर्दैनन्।’ गाडीमा चढ्नु पर्ने बाध्यता भएको भन्दै उनी भन्छिन्, ‘तर गाडीमा बस्दा सुरक्षित रहेको अनुभूति भएन।’ हवाइ सेवा सञ्चालन गर्दा गरिएको जस्तो मापदण्ड यातायात क्षेत्रमा अनिवार्य गर्नुपर्ने उनको भनाइ छ। यातायात व्यवसायीले सरकारी मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्ने निकाय ट्राफिक प्रहरी गाडीसँग पैसा उठाउन नै ठिक्क हुने यात्रुहरूको गुनासो छ। ट्राफिक प्रहरीलाई ‘घसु’ दिँदा सरकारी मापदण्ड पूरा नगरे पनि हुने उनी यात्रुहरू बताउँछन्।

गाडीमा अर्काे जोखिम भने गाडी व्यवसायीको व्यवहार। गाडीभित्र जान लाग्दा वा अर्काे गाडीमा जान खोज्दा गाडी कर्मचारीले समातेर गाडीभित्र बसाल्नु। जबकी कोरोना भाइरस एकअर्काेलाई छुँदा र दुई मिटरभन्दा नजिक भएर बोल्दा वा बस्दा सर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। तर गाडी कर्मचारीको यस्तो व्यवहारले सहजै एकबाट अर्काेमा कोरोना सर्ने सम्भावना देखिन्छ। तिहार नजिकिँदै गर्दा यात्रुको चाप बढ्दो छ। त्यसमा पनि स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा कोरोना भाइरसको संक्रमणको त्रास पनि बढ्दै गएको छ। कर्णालीमा पछिल्लो समय कोरोना संक्रमण दिनानुदिन बढ्दै गएका छन्।

यातायात व्यवसायीले भने सरकारी मापदण्ड पूरा गरेको बताउँछन्। ‘सरकारले तोकेको मापदण्ड पूरा गरेका छौं,’ यातायात व्यवसायी लक्ष्मण बुढाले भने, ‘गाडीमा मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं।’ उनले यसो भनिरहँदा उनको गाडीमा सरकारी मापदण्ड पूरा गरेको देखिँदैनथ्यो। गाडीभरि यात्रु थिए। उनी आफैँ स्वयम्ले मास्क चिउँडोमा झुन्ड्याएका थिए। ‘गाडीका क्षमताभन्दा बढी यात्रु राखेको छैनौं,’ उनी भन्छन्, ‘सिट नजिक हुँदा यात्रु भने एकअर्काेसँग ‘टच’ हुन्छन्।’ कोरोना भाइरसका त्रासभन्दा पनि बैंकको ऋणका डरले यस्तो त्रासका बेला पनि गाडी चलाउन बाध्य भएको उनको भनाइ छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस