उदयपुर प्रहरीले अवैध गाँजा कारोबार गरेको अरोपमा ७२ वर्षीय वृद्धसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। गाँजा खरित बिक्री भईरहेको अवस्थामा चौदण्डीगढी नगरपालिका १० देवधारका ७२ वर्षीय सबुरलाल चौधरी र ४ युवालाई शनिबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्लाको चौदण्डीगढी नगरपालिका १० देवधारमा वृद्ध चौधरी र युवाहरुबीच गाँजा किनबेच भईरहेको भन्ने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चौधरीसहित चौदण्डीगढी ९ का २७ वर्षीय सुरेन्द्र दनुवार, सोही ठाउँका १९ वर्षीय बिबेक राई, चौदण्डीगढी ६ का ३० वर्षीय रमेश थापा र सोही ठाउँका २८ वर्षीय जीवन खड्का रहेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चौधरीले गाँजा बेचिरहेको भन्ने सुराकीका आधारमा बेलटारबाट टोली खट्दा गाँजासहित रंगेहात भेटेर उनीहरुलाई नियन्त्त्रणमा लिइएको इप्रका बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनीहरुको साथबाट १ किलो ३ सय ५० ग्राम तयारी गाँजा बरामद भएको छ।
पक्राउ परेका पाँचै जनालाई इप्रका बेलटारको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता बेदप्रसाद गौतमले बताएका छन्।