श्रीमान-श्रीमतीसहित विराटनगरमा आठ जना कोरोना संक्रमितको मृत्यु
०४ कार्तिक २०७७
•
२ मिनेट पाठ
श्रीमान-श्रीमतीसहित विराटनगरमा आठ जना कोरोना संक्रमितको मृत्यु
श्रीमान-श्रीमतीसहित कोरोना भाइरस संक्रमित आठ जनाको एकै दिन विराटनगरमा मृत्यु भएको छ। पाँच महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  




विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सहकारी अस्पताल र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।

मोरङको रंगेली–३ का ८५ वर्षीय वृद्ध पुरुष र ८१ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो। दुवै श्रीमानश्रीमती कोरोना भाइरस संक्रमित भई अस्पतालमा उपचाररत थिए। वृद्ध पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ। असोज २८ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।  

वृद्धा महिलाको मंगलबार बिहान ११ बजेतिर उपचारका क्रममा मोरङ सहकारी अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ। गत मंगलबार ज्वारो, वान्ता आएपछि अस्पताल भर्ना गरिएको थियो। वृद्धाको अस्पताल भर्नासँगै गरिएको पिसिआर परीक्षणको रिपोर्ट ५ दिनपछि आउँदा पोजेटिभ देखिएको मृतकका छोराले बताए।

‘अस्पताल भर्ना गरेको ५ दिनपछि पोजेटिभ रिपोर्ट आयो,’ मृतकका छोराले भने, ‘कोरोनाकै कारण बुवाआमालाई एकै दिन (राति र बिहान)जस्तो गुमाउनु प¥यो।’ छोराका अनुसार वृद्धालाई दमको पुरानो समस्या रहेको र अहिले निमुनिया देखिएको अस्पतालले बताएको उनले भने।  

त्यस्तै, विराटनगर–१२ की ६४ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ४ः४५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि सोमबार उपचारका लागि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो।

त्यसैगरी, मोरङ कटहरी–२ की २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसीकै उपचार केन्द्रमा मृत्यु भएको हो। आइतबार कोरोना पुष्टि भएपछि उपचारका लागि त्यही दिन केन्द्रमा भर्ना गरिएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जनाकारी दिए।

सुनसरीको इटहरी–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोसीमै मृत्यु भएको छ। उनको रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसन बस्दै आएको र सोमबार दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि केन्द्रमा भर्ना गरिएको बस्नेतले बताए।  

विराटनगर–१० का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ। असोज १५ गते कोरोना पुष्टि भएका उनलाई असोज २४ न्यूरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

विराटनगर–७ की ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ८ बजेतिर उपचारका क्रममा मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ। असोज २६ गते रिपोर्ट पोजेटिभ आएको र स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  

झापा विर्तामोड–४ की ७६ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा मंगलबार बिहान ८ः५० बजेतिर मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस