हेलिकप्टरबाट सुत्केरी महिलाको उद्वार
०१ कार्तिक २०७७
•
१ मिनेट पाठ
हेलिकप्टरबाट सुत्केरी महिलाको उद्वार
बेनी अस्पतालबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बेनी अस्पतालमा विगत चार दिनदेखि भेन्टिलेटरमा उपचार गराइरहेकी छिमेकी जलजला गाउँपालिकाको बगरकी २१ वर्षीया सुत्केरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी शनिबार पोखराको गण्डकी अस्पतालमा ल्याइएको हो। गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको विषेश पहलमा सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।




‘जोखिमपूर्ण अवस्थामा बेनीमै उपचार भइरहेको थियो,‘थप जटिल समस्या आएपछि उपचारका लागि पोखरा पठाइएको हो’ अध्यक्ष कटुवालले भने। अस्पतालमा रहेको सिमित श्रोतसाधनबाट समेत जटिल अवस्थामा उपचार गरिएपनि तत्कालै हेलिकप्टर आएपछि सहज भएको बेनी अस्पतालले जनाएको छ। बेनी अस्पतालमा जटिल शल्यक्रियासहितको उपचार भइरहेको छ।  

गर्भवती महिलाको उद्धारमा अस्पताल प्रमुख डा. अमृत अधिकारी, मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीसहितको टोली नै सहभागी रहेको थियो। राष्ट्रपति उद्धार कार्यक्रम मार्फत यसअगाडी पनि म्याग्दीका दुर्गम क्षेत्रबाट सुत्केरी, गर्भवती महिलाको उद्धार गरिएको थियो सामाजिक विकास मन्त्री पुनका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिए।
अर्को समाचार
तीन दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको हेलिकप्टरबाट उद्वार
०९ असोज २०७७
•
१ मिनेट पाठ
तीन दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको हेलिकप्टरबाट उद्वार
तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ। ३० वर्षीया हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट आज दिउँसो ४ बजे काठमाडौँ लगिएको वडाध्यक्ष पेम्बा रेताले बताए।  




यसअघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या भएपछि स्थानीय स्वास्थ्यकर्मीले घरैमा पुगेर जाँच गरेका थिए। ‘यहाँ उपचार नहुने भयो, काठमाडौँ पठाइएको छ’ वडाध्यक्ष पेम्बा रिताले भने।  

राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्वार गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए। उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको दुर्गम गाउँमा सडक सञ्जाल जोडिएको छैन।  

यहाँ स्तरीय सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्। गैरसरकारी संघ संस्थाको सहयोगमा चलेका स्वास्थ्य संस्थामा समान्य सेवा मात्रै हुने हुँदा महिलाहरु सुत्केरी हुन हेलिकप्टरबाट काठमाडौँ जानुपर्ने बाध्यता वर्षौदेखि अहिले पनि उस्तै छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस