प्रदेश १ को सरकारले ११ जिल्लाका ११ स्थानीय तहलाई दमकल र प्रहरी भ्यान हस्तान्तरण गरेको छ। बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यान हस्तान्तरण गरे।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ६७ लाख २० हजार रुपैयाँमा १४ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको १४ वटा प्रहरी भ्यान खरिद गरेको थियो। तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा ती सामाग्री हस्तान्तरण गरिनेछ। बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
यस्तै धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो। सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।