पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति
२६ असोज २०७७
•
१ मिनेट पाठ
पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति
ताप्लेजुङमा अवस्थित पाथीभराको नाम मुकुम्लुङ माग गर्दै संघर्ष भइरहेको बेला अर्को समूहले फेरि सेमुक्तु मुक्ति कोक्मा नाम राख्न संघर्ष समिति बनाएको छ।




सेमुक्तु मुक्ति कोक्मा संघर्ष समितिले एक बिज्ञप्ती प्रकाशित गरी मौलिक याक्थुङमा बर्णन हुने भएकोले पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा रहनुपर्ने दाबी गरेको छ। संघर्ष समिति अध्यक्ष राजेन्द्र अन्छङ्वोद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा कायम गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ र याक्थुङ लिम्बू समुदायमा अपिल गरिएको छ।  

बिज्ञप्तीमा फेदाङ्मा, साम्बा, येवा–येमाहरु(पेगि फाङ्साम)द्धारा मुन्धुम बाचन हुँदा पनि पाथीभरा स्थापित सिङ्गो पहाडको प्राचीन नाम सेमुक्तु कोक्मा/सेमुक्ति गोक्मा/साङ्सिङ मुक्तु कोक्मा÷सेङसिङ कोक्मा मुक्तु,फोःमा/सेङसिङ कोक्मा साङ्सेरेप्मा भनी सम्बोधन हुने भएकोले सेमुक्तु मुक्ति कोक्मा नाम प्राचीन नाम भएको दाबी गरिएको छ। यसअघि पाथीभराको नाम मुकुम्लुङ राख्नुपर्ने,२०७५ चैत १८ मा राजपत्रमा प्रकाशित पाथीभरा क्षेत्रको सीमा खारेज हुनुपर्ने, पाथीभरा क्षेत्र विकास गठन आदेश खारेज गरी मुकुम्लुङ क्षेत्र गठन आदेश जारी गर्नुपर्ने लगायतका माग गर्दै मुकुम्लुङ संघर्ष समिति समेत गठन भएको छ।  

मुकुम्लुङ संघर्ष समिति आफ्ना मागको सुनुवाइ नभएको भन्दै गत भदौ ३१ गते प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षण पत्र समेत बुझाइ सकेको संघर्ष समिति अध्यक्ष श्री लिङ्खिमले जानकारी दिए।
अर्को समाचार
पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना
१९ असार २०७७
•
२ मिनेट पाठ
पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना
पाथीभरा मन्दिर प्रबेशद्धार क्षेत्रबाट मन्दिरको अन्तिम प्रबेशद्धार सम्म पुग्ने गरी निर्माण भएको ट्रष्ट । तस्बिर : खगेन्द्र/नागरिक
ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर प्रबेशद्धारबाटै ट्रष्ट लगाइएको छ । मुख्य प्रबेशद्धारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाईएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको हो । लकडाउनका कारण तीर्थालुको चाँप नभएको मौका छोपी पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ट्रष्ट सहितका बिभिन्न संरचनाको निर्माण गरेको छ ।  




उपभोक्ता समितिमार्फत बनेका संरचनाको निर्माण कार्य लगभग पूरा भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पाथीभरा मन्दिरको मुख्य प्रबेशद्धारबाट सुरु भएको ट्रष्ट मन्दिर प्रबेशको अन्तिम द्धारसम्म पुगेको छ । यो संरचना बनेपछि पानी र हिउँका कारण तीर्थालुले बिगतमा खेप्दै आएको समस्या हट्ने बिश्वास लिइएको छ । मुख्य सिजन रामनवमी र दशैं तथा तिहारको समयमा पाथीभरा क्षेत्रमा दर्शथार्नीको घुइँचो लाग्ने गर्छ । 

तीर्थालुको चाँप बढी भएको दिन मन्दिर प्रबेशको मुख्य द्धार क्षेत्रबाटै तीर्थालुहरू दर्शनका क्रममा लाइन लाग्ने गर्छन्  । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार समितिको समन्वयमा पाथीभरा क्षेत्रमा चालू आर्थिक वर्षमा ट्रष्टसहितका पाँच वटा संरचना निर्माण भएका छन् । मन्दिर प्रबेशद्धार भन्दा उत्तरपश्चिमतर्फ तीर्थालु बस्ने घर बनेको छ । फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको अवस्था अन्त्य गर्न उपयुक्त प्रविधिसहितको फोहोर बिर्सजन केन्द्र बनाईएको छ । 

हिउँ र पानीको अधिक प्रभावका कारण फोहोरमैलाको उपयुक्त बिर्सजनमा देखिएको समस्या हाल गर्न माथिबाट चिसो फोहोर सुकाउने र तल डढाउन मिल्ने गरीको संरचना बनाईएको छ । ठाडै उकालो पदमार्गका कारण तीर्थालुलाई पदयात्राका क्रममा हुने कठिनाईलाई क्रमशः हल गर्ने उद्देश्यले पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उभोंका अधिक उकालो भागलाई केहि तेर्सो र सहज बनाईएको छ । माथिल्लो फेदीभन्दा केहि तल गुराँसे क्षेत्र र सो भन्दा तलका उपभोक्तालाई खानेपानी उपभोग हुन सहज हुनेगरी पानी ट्याङ्की बनाईएको छ ।

पाथीभरा क्षेत्रमा जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले बिगत लामो समय देखि भौतिक पूर्वाधार तथा मन्दिर क्षेत्र व्यवस्थापन सहितका कार्य गर्दै आईरहेको छ । पाथीभरा क्षेत्रको भेटिपाति व्यवस्थापनका लागि दुबै समितिका प्रतिनिधित्व हुनेगरी जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटिपाति व्यवस्थापन समिति रहेको छ । यो समितिको कोष खर्च गरी सडक तथा पदमार्ग व्यवस्थापनसहितका समेत भईरहेका छन् ।  
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस