बलात्कार आरोपका कसुरदार उदयपुरका एक युवा साढे ११ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजायको भागिदार भएका छन्। १६ वर्षीया एक बालिकालाई जवरजस्ती गरेको आरोपमा पक्राउ रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालत उदयपुरले ११ वर्ष ६ महिना कैद र जरिवाना सजाय गर्ने फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश दिपक खनालको बिहीबार बसेको एकल इजालसले मगरलाई कसुरदार ठहर गर्दै उक्त कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको हो। २०७६ मंसिर १ गतेको घट्नापछि अभिभावकले मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा पीडितपक्षबाट किटानी जाहेरी दिएका थिए।
प्रहरीले तत्काल उनलाई पक्राउ गरी सर्जमिन मुचुल्का र बयानका आधारमा सरकारी वकिल कार्यालयमा पठाएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालयले कसुरदारविरुद्ध कैद सजाय र क्षतिपूर्तिको माग दावी गर्दै मंसिर २९ गते अदालत गुहारेको थियो। अनुसन्धान क्रममा मगरलाई अदालतले मंसिर ३० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अदालतको फैसलासँगै मगरलाई कैद सजायका लागि जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताएका छन्।