ललितपुरका मुख्य सम्पदाको पुनर्निर्माण कार्य अझै अलपत्र
२२ असोज २०७७
•
५ मिनेट पाठ
ललितपुरका मुख्य सम्पदाको पुनर्निर्माण कार्य अझै अलपत्र
भूकम्पमा भत्किएको ललितपुर बुङमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण कार्य सुरु भएको ४ वर्ष बित्यो। श्रीलंकी सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण कार्य थालिएको मन्दिर पुनर्निर्माणको टेण्डर सडकका ठेकेदारलाई दिइएको थियो। मन्दिरको जग बसाल्ने क्रममा नै शैली बिग्रिएपछि स्थानीयले आपत्ति जनाएपछि ठेकेदार कम्पनीले पुनर्निर्माण कार्यबाट हात झिक्यो।




भूकम्पलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल माघ २ गते राष्ट्रिय पुनर्निर्माण महाअभियानको सुरुवात यही मन्दिरबाट गरेका थिए। तर, प्रधानमन्त्रीले उद्घाटन गरेकै मन्दिर पुनर्निर्माण कार्य अझै सकिएको छैन। महामारीकै बीचमा भएपनि बल्लतल्ल मन्दिरको पुनर्निर्माण कार्य अघि बढेको छ। उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएपछि असार २० गतेदेखि समितिले मन्दिर पुनर्निर्माणको काम थालेको थियो। ३ करोड ८ लाख रुपैयाँमा समितिले २०७८ असार १५ सम्म मन्दिरको पुनर्निर्माण सकाउने सम्झौता गरेको छ। 

विभागका प्रवक्ता रामवहादुर कुवँरले सम्पदा पुनर्निर्माण गर्दा हेलचेक्र्याई हुने डर देखिएपछि कतिपय सम्पदाको पुनिर्माण जिम्मा विभागले नै लिएको बताए। उनले भने, ‘कतिपय सम्पदा छिट्टै बने, तर कतिपय मुख्य सम्पदा पुनर्निर्माण कार्य अझै अघि बढेको छैन, यसबारे हामीले समन्वय र सहकार्य अघि बढाएका छौं।’ उनका अनुसार ठेचोको ब्रहमायणी मन्दिर र रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणमा विवाद भएपनि पुनर्निर्माणमा ढिलाई भएको हो।  

त्यसो त भुकम्प गएको ४ वर्षबित्दापनि ललितपुर क्षेत्रमा थुपै्र मुख्य ऐतिहासिक सम्पदा पुनर्निर्माण कार्य अधुरै छ। टेण्डर प्रक्रियामा अलमल, पुनर्निर्माण सामग्रीको अभाव र सम्बन्धित निकायहरुबीच आपसी समन्वय नहुँदा सम्पदा पुनर्निर्माण कार्य टर्दै आइरहेको हो।  

२०७२ सालको भूकम्पले ललितपुरका विश्व सम्पदा क्षेत्रसहित एक सय २१ वटा सम्पदामा पूर्ण क्षति पुगेको थियो। त्यसमध्ये ४८ वटा सम्पदा पुनर्निर्माण कार्य सकिएको छ भने ३८ वटा सम्पदाको आंशिक काम मात्रै भएको छ। ललितपुर क्षेत्रको पुनर्निमार्ण कार्य पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, महानगरपालिका, विदेशी तथा दातृ निकाय र स्थानीयबासीको सहयोगमा भइरहेको छ। त्यस्तै, पाटन क्षेत्रका अधिकांश मठ मन्दिर र पार्टी निर्माण कार्य काठमाडौं उपत्यका संरक्षण कोष (केभिपीटी)ले गरिसकेको छ। भूकम्पले विश्व सम्पदा तथा संरक्षित पाटन क्षेत्रका थुप्रै सम्पदामा क्षति पु¥याएको थियो। जसमध्ये हरिशंकर मन्दिर, चारनारायण मन्दिर, उत्तरतर्फ र दक्षिणतर्फको मणीमण्डप पार्टी, योगनरेन्द्र मल्लको शालिक, भिमसेन मन्दिर अगाडीको सिंह स्तम्भ, राधाकृष्ण मन्दिर पूर्ण रुपमा क्षति भएका थिए।  

त्यस्तै, मुछेँआगम घर, सुन्दरी चोक, कृष्ण मन्दिर, बहादुर शाहको भवनमा पनि क्षति पुगेके थियो। यीमध्ये अधिकांश सम्पदा पुनर्निर्माण कार्य भएपनि कुम्भेश्वर मन्दिर अलपत्र अवस्थामा छ। ललितपुर उद्योग बाणिज्य संघको अगुवाईमा भिमसेन मन्दिर पुनिर्माण कार्य केही महिनाअघि मात्रै सुरु भएको छ।  

केभीपीटीले १२ वटा सम्पदा ठड्याएको छ। तीमध्ये कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, उत्तर र दक्षिणतर्फको मणीमण्डप पार्टी, बहादुर शाहको भवन, सिंह स्तम्भ, तलेजु मन्दिर उत्तर, योगनरेन्द्र मल्लको शालिक, तलेजु मन्दिर दक्षिण, सुन्दरीचोकको पूर्वी भाग, हरिशंकर मन्दिर, चारनारायण मन्दिरलगायत सम्पदाको पुनर्निमार्ण कार्य सकिएको छ। केभिपिटीका निर्देशक रोहित रन्जितकारले पाटनका मुख्य सम्पदा बनाउने कार्य अन्तिम चरणमा पुगेको बताए। ‘हामीले जिम्मा पाएका सबैजसो सम्पदा पुनर्निर्माण कार्य सकेका छौं, अन्य सम्पदा पुनर्निर्माण गर्दा पनि हातेमालो भइरहेको छ,’ उनले भने। 

ललितपुर महानगरपालिकाले सौगलमा रहेकोे शिव मन्दिर पुनर्निर्माण गरेको छ। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले धेरैजसो पुनर्निर्माण कार्य सकिएको दाबी गरे। उनले हाल कोरोना भाइरसका कारण काम रोकिएपछि त्यसअघि भने सम्पदा र स्थानीयको घर निर्माणमा नगरपालिकाले सहयोग गर्दै आइरहेको बताए। उनले भने, ‘बुङमती मौलिक र स्मार्ट सिटीको रुपमा पुनर्निर्माण भइरहेको छ, हामी मौलिकतालाई ध्यान दिएका छौं।’

ललितपुर क्षेत्रमा रहेको केही सम्पदा पुनर्निर्माण कार्य पुरातत्व विभागबाट पनि भएका छन्। विभागले बुङ्गमतीको मनकामना मन्दिर, खोकनाको रुद्रायणी मन्दिर परिसरको झोँक्ष, मंगलबजारको गरुढनारायण मन्दिर, पटुकोटोलको गणेश मन्दिर, पिँलाछेको गणेश मन्दिर, लगनखेलको बटुकभैरव सत्तल, शंखमुलको आगो ताप्ने पार्टीलगायत विहार र पार्टीहरुको पुननिर्माण कार्य सकाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। 

उनले भने, ‘सम्पदा पुनर्निर्माणमा अलमल हुनुको कारण जनशक्ति र सामग्रीको अभाव हो, केही केहीमा पुनर्निर्माण गर्ने क्रममा विवाद पनि भइरहेको छ, त्यसकारण ढिलो भएको हो।’ उनका अनुसार यो आवमा विभागले ४१ वटा सम्पदा पुनर्निर्माण कार्य गर्ने लक्ष्य राखेको छ। जसमध्ये कुम्भेश्वर महादेव, गाःवहालको कृष्ण मन्दिर, सुःवहालमा रहेको गणेश मन्दिर, सोही क्षेत्रको कोठेवहाल, ठेचोको ब्रह्मायणी मन्दिर, शंखमुलको जगतनारायण मन्दिर, पाटनको राधाकृष्ण मन्दिर, ठेचोको नवदुर्गा मन्दिरलगायत रहेका छन्।  

दर्जन सम्पदा पुनर्निर्माणको जिम्मा दातृ निकायलाई  

यसबाहेक केहि मन्दिर पुनर्निर्माण कार्यको जिम्मा दातृ निकायहरुले लिएका छन्। भारत सरकारले रत्नाकर महाविहार, नापिचन्द्र महाविहार, गोपिचन्द्र महाविहार, पाटन पुरानो अदालत भवन, जेष्ठ वर्ण महाविहार, जुहीटोल महाविहारको पुनर्निर्माण कार्य सुरु गरेको छ। त्यस्तै, जापानले देगुतलेजु मन्दिर पुनर्निर्माणको जिम्मा लिएको छ। विभागका अनुसार भारत सरकारले जिम्मा लिएका सम्पदा पुनर्निर्माणको टेण्डर आव्हान अझै हुन सकिरहेको छैन। विभागले जिम्मा लिएका सम्पदा पुनर्निर्माणको लागत स्टीमेट १७ करोड ९५ लाख अनुमान गरेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस