राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले कोरोनाको जोखिमसँगै मानवअधिकारको क्षेत्रमा असर गरेको बताएका छन्। कोरोनाको जोखिममा नेपालीको अवस्थालाई सरकारको अभियानमा सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका पाठकको भनाई छ।
राज्यले अहिलेको जटिल अवस्थामा सबैप्रति ध्यान दिएको बताउँदै पाठकले अवको अवस्थालाई सामान्य बनाउन नागरिकले समेत आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए। देशका विभिन्न २७ कारागारको अनुगमनका लागि निस्केर १७ औं कारागार म्याग्दीमा निरीक्षण गरेका पाठकले बन्दीको अवस्था र सेवा सुविधा अनि कोभिडका बारेमा भएका सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएका थिए।
कारागार अनुगमन भन्दा पहिला नागरिक समाज, पत्रकार, सुरक्षा निकाय लगायतका सर्वपक्षीय अन्तरक्रियामा पाठक सहभागी भएका थिए। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए।
उनले जिल्लामा कोरोना संक्रमण, रोकथामका लागि गरीएको प्रयास र समग्र जिल्लाको मानवअधिकारको बस्तुस्थितिका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा नेपाल मानवअधिकार संगठन म्याग्दीका सभापति कोमलप्रसाद ढुंगाना, सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता प्रकाश कोइराला, डिएसपी किरण जंग कँुबरले अपराध अनुसन्धान र गिरफ्तारीलाई कम गर्दा ब्यापक अनुसन्धान र हिरासतमा कम राख्नुपर्ने बताएका थिए।
म्याग्दीमा गएको २०७२ साल यता केन्द्रीयस्तरबाट जिल्ला कारागारको अनुगमन भएको थिएन भने नियमित जस्तै इन्सेकका प्रतिनिधिले भने बस्तुस्थितिका बारेमा जानकारी लिने गरेका थिए।