उदयपुरको बेलका नगरप्रमुख दुर्गाकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज बन्द गरिएको छ। शनिबार दिउँसो आएको पिसिआर परीक्षण रिपोर्टमा मेयर थापा, नगरपालिकाका कर्मचारी र एकजना स्वास्थ्यकर्मीसहित ६ जनामा संक्रमण देखिएपछि नगरको कामकाज रोकिएको हो।
मेयर थापासँगै कर्मचारी र स्वास्थ्यकर्मी नै संक्रमण पाइएपछि अत्यावश्यक नगरका सेवाबाहेक अन्य काम रोकिएको छ। नगर उपप्रमुख राजकुमारी चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अत्यावश्यक कामबाहेक बाँकी सेवाहरु सातादिनका लागि स्थगन गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले बताए। अत्यावश्यक काम, स्वास्थ्य, पशु तथा कृषि सेवाहरु सुचारु रहने र वडाबाट प्रवाह हुने कामको हकमा वडाकै निर्णय अनुसार हुने गौतमले बताए।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ५४ वर्षीय मेयरसहित ४२, ४०, ४३ र २८ वर्षीय पुरुष तथा १८ वर्षीया एक युवतीलाई संक्रमण देखिएको छ। स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार सातादिनअघि मेयर थापाका ८२ वर्षीय बाबुमा संक्रमण पुष्टि भएपछि घरमै रहेका मेयर र उनको सम्पर्कमा आएका कर्मचारी र परिवारका सदस्यको स्वाब लिएर प्रादेशिक प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
थापासँगै उनका ४२ वर्षीय चालक, ४० वर्षीय स्वास्थ्यकर्मी, ४३ वर्षीय नगर कर्मचारी र २८ वर्षीय मेयरका भान्से संक्रमित देखिएका छन्। त्यस्तै १८ वर्षीया थापाकै भान्जीमा पनि संक्रमण पाइएको छ। बृद्ध बुबामा संक्रमण देखिएपछि होम आईसोलेसनमा रहेका मेयर थापाको पिसिआर परीक्षण गर्दा उनीहरु संक्रमित पाइएका हुन्। मेयरसहित ५ संक्रमितलाई आईतबारदेखि चौदण्डीगढी नगरपालिका ६ स्थित ‘उदयपुर कोभिड अस्पताल’ राखिएको छ। एकजना भने सुनसरीको बराहक्षेत्र नगरपालिकाको कोभिड अस्पतालमा बसेको बेलका नगर स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले बताए।
मेयर थापालाई कुनै लक्षण भने नदेखिएको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए । ‘मेयर साबको स्वास्थ्य अबस्था साबिककै सहज छ, अहिलेसम्म कुनै लक्षण देखिएको छैन’ सल्लाहकार राईले भने ‘उहाँका चालक र नगर कर्मचारीमा पनि लक्षण देखिएको छैन।’ बलियो आत्मविश्वास भएका, तनाब व्यवस्थापन गर्नसक्ने थापाले यसअघि बेलकामा देखिएका ३४ संक्रमितलाई हौसला दिँदै आत्मविश्वास दह्रो बनाउन उत्प्रेरणा जगाँदै आएकाले आफू पनि चाडै कोरोना जितेर नियमित काममा फर्कने राईले बताए।
पछिल्लोसहित बेलकामा संक्रमितको संख्या ४० र जिल्लामा संक्रमित संख्या १ सय २४ पुगेको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा ७०, कटारीमा ७, चौदण्डीगढीमा २, उदयपुरगढी गाउँपालिकामा २ र ताप्लीमा ३ जनामा संक्रमण भएको छ। जिल्लाका दुई गाउँपालिका रौतामाई र लिम्चुङबुङमा अहिलेसम्म संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।