विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
विराटनगर १४ जतुवाकी संक्रमित महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले बताए। सिग्देलका अनुसार असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो।
महिलामा स्वासप्रश्वासको समस्या हुनुको साथै मिर्गौलामा पनि समस्या रहेको डा.सिग्देलले बताए।