श्रीमतीलाई मारेर गाडेको अभियोगमा प्रहरीले बेनी नगरपालिका–१ रत्नेचौर सारेमारेका एक ब्यक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती घर नजिकै खाल्टोमा ३६ वर्षीय श्रीमती माया बोहोरालाई मंगलबार राती खाल्डोमा गाड्ने ४३ वर्षीय बिरबहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो।
श्रीमतीको मृत्यु भएको भन्दै छिमेकी र आफन्तलाई समेत जानकारी नदिई खाल्डोमा पुरेको सूचनाको आधारमा प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरेर निकालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘आफ्नै श्रीमतीलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान सुरु गरिएको छ,‘घटनास्थलको अवस्था हेर्दा प्राकृतिक रुपमै मृत्यु भएको देखिदैन’ कुँवरले भने। उनले हत्या गरेको र शव उत्खनन गरी शव जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको बताए।
प्रहरीले स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो। हत्यापछि छिमेकी र आफन्तले जानकारी पाउन सक्ने भन्दै हतारहतारमा खाल्डो खनेर पुरेको देखिएकाले मृतक बोहोराका आफन्तले हत्या गरेको आरोप लगाएका छन्। शव परीक्षणका बेनी अस्पतालमा राखिएको छ। अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ।