मापदण्ड विपरित सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारबाही थालेको छ। तोकिएको मापदण्ड बिपरित यात्रु ओसार पसार गर्ने सवारी साधनलाई कारबाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानएको छ।
ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारका अनुसार आइतबारदेखि विभिन्न स्थानमा चेकजाँच गरी कारबाही सुरू गरिएको हो। सार्वजनिक यातायातमा एक सीटमा एक जनामात्रै यात्रु राख्नु पर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्नेलगायतका सुरक्षाका मापदण्ड अपनाएर मात्रै सवारी साधन सञ्चालन गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ।
तर, माइक्रो र पिकअप भेनहरूले सरकारले तोकेको सुरक्षा मापदण्ड विपरित सवारी साधन सञ्चालन गरेको पाइएको पोद्दारले बताए। ट्राफिक कार्यालय मोरङले विराटनगरको वरगाछी, कञ्चनवारी, आयल निगम र वुढीगंगा गाउँपालिका स्थित निमुवामा सावारी साधनको चेकजाँच गरेको छ।
मापदण्ड विपरित सञ्चालन भएका सार्वजनिक सावारीलाई रोकेर केहि समय होल्ड गरेर छाडिएको छ। उनले सरकारले लागू गरेको मापदण्ड पालना भए नभएकोबारे ट्राफिक प्रहरीले कडाइकासाथ नियमित चेकजाँच गर्ने स्पष्ट पारे।