नेपाल प्रेस युनियन मोरङले विराटनगरका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। कांग्रेस नेतृ शैलजा आचार्यको स्मृतीमा स्थापना गरिएको पुरस्कार शनिबार विराटनगरमा भर्चुअल कार्यक्रम गरी पुरस्कार वितरण गरको हो।
पुरस्कृत हुनेहरूमा कान्तिपुर दैनिकका प्रदेश १ व्यूरो प्रमुख माधव घिमिरे र न्यूज २४मा कार्यरत तारा आचार्य छन्। शैलजा आचार्य स्मृती पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ। भर्चुअल कार्यक्रम मार्फत वितरण गरिएको पुरस्कार अनलाईन बैंकिङ प्रणाली मार्फत पुरस्कृत पत्रकारहरूको बैंक खातामा पठाइएको छ। यस्तै सम्मानपत्र भने प्रेस युनियन मोरङले सम्बन्धित पत्रकारको घरमै पुर्याइदिने प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेलले जानकारी दिए।
पुरस्कारका संस्थापक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अक्षयकोष स्थापना गरेर पुरस्कारलाई व्यवस्थित पार्न सहयोग गर्ने बताए। प्रेस युनियनका अध्यक्ष बद्री सिक्देलले भर्चुअल कार्यक्रम मार्फत पुरस्कार वितरण नौलो अभ्यास भएको बताए। उनले जिल्ला जिल्लामा मतदान गरेर भए पनि प्रेस युनियनको अधिवेशन चाँडै गरिने बताए। सिक्देलले जति सक्दो चाँडो अधिवेशन गरेर पद हस्तान्तरण गर्न आफूहरू आतुर रहेको स्पष्ट पारे।
शैलजा आचार्य पत्रकारित पुरस्कारबाट यसअघि विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, शुसीला पाठक, रञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाइँलगायत पुरस्कृत भइसकेका छन्।