अझै अछुत व्यवहार
०१ असोज २०७७
•
४ मिनेट पाठ
अझै अछुत व्यवहार
जाजरकोटका नवराज विकसहित ६ जनाको जेठ १० गते विभत्स हत्या भयो। कारण थियो, ‘नवराजले अन्तरजातीय प्रेम विवाह गर्न खोज्नु।’ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतिमा रहेकी आफ्नी प्रेमिकालाई विवाहका लागि लिन गएका नवराजलगायत उनका साथीको गाउँले सामूहिक हत्या गरेका थिए। कालीकोटस्थित शुभकालीका गाउँपालिका–७, स्थित मच्छेवाडीमा धल्पुरा देवताको पूजा गर्न मन्दिर प्रवेश गर्न खोज्दा सोही गाउँपालिका–८, पुरीबाडाका २२ वर्षीय पंखबहादुर विक (विश्वकर्मा) माथि कुटपिट भयो। यसको कारण पनि ‘दलितअर्थात् विश्वकर्मा हुनु नै हो।’  




कथित माथिल्लो जातका मानिनेहरूले दलित भएर मन्दिर जान खोज्ने भन्दै कुटपिट गरी उनलाई घाइते बनाएका थिए। दुई वर्षअघि वैशाख ११ गते धारामा पानी भर्न गएकी दैलेख नारायण नगरपालिका–१०, भवानीकी लछिमा कामी (विश्वकर्मा) निर्घात कुटिइन्।  

बिहीबार सबैले घरघरमा विश्वकर्मा पूजा गरे तर, त्यही थर भएकाहरू जातका नाममा अछुत भएका छन्। वर्षाैंदेखि समाजमा गाडिएको छुवाछुत प्रथाका कारण कर्णालीका दलित (विश्वकर्मा, दमाई, सार्की, बादी, चमारलगायत) विभिन्न विभेद सहन बाध्य छन्। २०६८ सालमा ठकुरीको छोरी विवाह गरेको भन्दै दैलेखका सेतु दमाईको हत्या भएको थियो। उनका छोराले ठकुरीको छोरीसँग प्रेम विवाह गरेका थिए।  

यी दुवै घटनाका दोषीलाई राज्यले सजायसमेत दिइसकेको छ। ‘समाजमा रहेको जातीय विभेद घट्न सकेको छैन,’ दैलेखका दलित अधिकारकर्मी अमर सुनारले भने, ‘यसको अन्त्य समाजले नै गर्नुपर्छ।’ भएका कानुन लागू नगर्दा पनि विभेद हट्न नसकेको उनको भनाइ छ।

प्रविधि र मेसिनरीहरूको पूजा गरी असोज कृष्ण औँसीका दिन विश्वकर्माको पूजा गरिन्छ। भारतीय संस्कृतिअन्तर्गत पनि शिल्प संकाय, कारखाना, उद्योगमा भगवान् विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ। २६५ दिनमा एक दिनअर्थात् सेप्टेम्बर १७ मा पूजा गरिने भगवान् विश्वकर्माको पूजा गरिन्छ यता कर्णालीमा भने विभिन्न विभेदको चपेटामा विश्वकर्मा पर्ने गरेका छन्।  

विश्वकर्मा थर दलित समुदायमा पर्छ। दलित भएकै कारण यहाँका विश्वकर्माले समाजबाट बहिस्कृतसमेत हुने गरेका घटना भएको दलित अधिकारकर्मीहरू बताउँछन्। ‘दलितलाई पूजा गर्नुपर्छ भन्ने होइन,’ दलित अधिकारकर्मी वसन्तकुमार विश्वकर्माले भने, ‘आत्मसम्मानले बस्नु दिनुपर्छ।’ अधिकांशः विद्वान् ‘विश्वकर्मा’ यस नामलाई एउटा उपाधि मात्र मान्छन्। किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ।  

कालान्तरमा विश्वकर्मा एउटा उपाधि वा पदवी बन्न पुग्यो। यो भनाइको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवा आदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझमा मतभेद यसमा पनि छ कि मूल पुरुष विश्वकर्मा कोबाट भए। केही एक विद्वान अंगिरा पुत्र सुधन्वालाई आदि विश्वकर्मा मान्छन् त केही भुवन पुत्र भौवन विश्वकर्मालाई आदि विश्वकर्मा मान्छन्। ऋग्वेदमा विश्वकर्मा सुक्तका नामले ११ ऋचाऐ लेखिएको छ। जसको प्रत्येक मन्त्रमा लेखेका छन् ऋषि विश्वकर्मा भौवन देवता आदि।  

परन्तु महाभारतका खिल भागसहित सबै पुराणकार प्रभात पुत्र विश्वकर्मालाई आदि विश्वकर्मा मानतहरू छन्। समाजले परम्परागत पेसाले आधुनिकतामा बदल्न नसक्दा विश्वकर्माहरू अझै दल्लिन छन्। भगवान्लाई कुनै जाति र समुदायसँग नदाँजे पनि विश्वकर्मा समुदायलाई आत्मसम्मानका साथ समाजमा बस्ने स्थिति हुनुपर्ने कर्णाली प्रदेशका सांसद रातो कामीले बताए। ‘एउटा विश्वकर्माको पूजा गरिन्छ,’ उनले भने, ‘अर्काे विश्वकर्माले बनाएका औजार सजाएर राखिन्छ।’ ‘अनि एउटालाई भगवान् मानी पुजिन्छ भने अर्काेलाई अपहेलना गरिन्छ,’ उनले भने।

पछिल्लो समय देखाओटी विभेद नभए पनि कुनै न कुनै माध्यमबाट विभेद हुने गरेको दलित समुदायको भनाइ छ। ‘सँगै खानु, बस्नु, सुत्नु र घरभित्र पस्नुले मात्रै विभेद हटेको मानिँदैन,’ दलित अधिकारकर्मी तिर्थ सुनारले भनिन्, ‘दलित समुदाय समाजमा अपशब्द बोलिनु पनि विभेद हो।’ कतिपयलाई अहिले पनि बिग्रिए कामी, दमाई, बादीजस्तो भनेर उदाहरण दिइने भन्दै यस्ता अपशब्दले विभेद निम्त्याउने उनको भनाइ छ।

आफ्नो निर्वाचन क्षेत्र (मुग निर्वाचन क्षेत्र नम्बर १) मा पनि जातीय विभेद् भएको भन्दै कर्णाली प्रदेशसभाकी सांसद झोवा विकले भनिन्, ‘विभेद गर्नेलाई दण्ड जरिवाना गर्दा यस्तो विभेद हट्छ।’ ‘दलित भनेर अपहेलना गर्छन्,’ उनले भनिन्, ‘किन यस्तो गरेको प्रहरीमा उजुरी गर्छु भन्दा तेरो छोरालाई छोरी दिँदैनौं भनेर थर्काउँछन्।’ दलितहरूलाई पुजिने नभइ आत्मसम्मान बस्न मात्र दिए हुने उनले बताइन्। यसका लागि प्रदेश सरकारले बनेका नीति कार्यान्वयन र केही नीति परिमार्जन गर्दै जानु पर्ने बताइन्।

अहिले जातीय छुवाछुतको रुप फेरिएको दलित अधिकारकर्मीहरूको भनाइ छ। पहिला घर बस्न नदिने, दलितले छुएको नखाने थिए भने अहिले सँगै बस्ने र खाने भए पनि व्यवहारले विभेद देखाउने गरेको उनीहरूको भनाइ छ। अन्तरजातीय विवाह गरेको अधिकांश जोडी अहिले पनि घरपरिवारबाट टाढा बस्ने गरेका छन्।  

यहाँका दलित समुदायले भगवान् विश्वकर्माले जातीय विभेदलगायतका अन्य विभेद अन्त्य होस् भन्ने कामना गरेका छन्।
अर्को समाचार
सिलाइ पेसाप्रति बढ्दो आकर्षण
०७ माघ २०७७
•
४ मिनेट पाठ
सिलाइ पेसाप्रति बढ्दो आकर्षण
सुर्खेतस्थित वीरेन्द्रनगरमा सिलाइकटाइ सिक्दै महिलाहरु । तस्बिरः गणेश/नागरिक
कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’ सिलाउने पेसाले गर्दा उनलाई दमाई थरको दर्जा भिडाइयो। त्यही कामकै आधारमा उनलाई अछुतको दर्जा दिइयो। छोराले कथित माथिल्लो जातकी केटीलाई विवाह गरेको भन्दै छोराका माइती पक्षले उनको हत्या गरेका थिए। जसले उनीजस्तै दर्जनौं दलितले जातियताकै कारण मरिनु पर्‍यो भने हजारौंले विभेद सहनु पर्‍यो। अहिले भने त्यही अछुतको दर्जा दिएको सिलाइकटाइ दमाइको मात्र होइन, त्यही जातलाई अछुत मान्ने कथित माथिल्लो जातीको प्रमुख आम्दानीको स्रोत बनेको छ।




दलित समुदायभित्रका दमाई (परियार) जाती सिलाइकटाइ पेसालाई आधुनिक गराउन नसक्दा पेसाबाट पलायन हुन थालेका छन्। अन्य समुदायका व्यक्ति भने ठूलो लगानी गरेर व्यावसायिक बनेर आएपछि उनीहरुको पेसा संकटमा परेको देखिन्छ। सहर बजारमा छोइछिटो गर्ने समुदाय (ब्राहमण, खत्री, जनजातीलगायत) सिलाइकटाइलाई आधुनिक बनाउँदै गएका छन्। सिलाइकटाइ व्यवसाय एक समुदायको मात्र नभए पनि पुर्खाले दमाई जातीले नै कपडा सिलाउनु पर्ने कूसंस्कार बसाएका थिए। जसले अन्य जातीले यो पेसा गर्दैन्थ्ये। सिलाइकटाइ सीप गर्ने दमाई समुदायले सम्मानित होइन त्यही सीपकै कारण विभेदको चपेटामा पर्नु पर्‍यो। कपडा सिलाउने व्यक्तिलाई समाजमा अछुतको रुपमा चित्रण गरियो र त्यहीअनुसार जातका कामअनुसार जातका आधारमा वर्णन हुँदा अनेकांै विदेभ सहनु पर्‍यो। तर अहिले समय फेरियो, व्यवस्था पनि पुरानै रहेन। जुन व्यवसायले विभेद र अमानवीय दुर्व्यवहार सहन बाध्य बनायो त्यही पेसा अहिले व्यावसायिक आकर्षणको केन्द्र बिन्दु बनेको छ।

ब्राह्मण, ठकुरी, क्षेत्रीलगायतले पेसाअनुसार विभेद गरे पनि अहिले त्यही पेसा अंगाल्न थालेका छन्। पछिल्लो समय प्रदेश, स्थानीय सरकार र विभिन्न संघसंस्थाले बेलाबेला सिलाइकटाइको तालिमसमेत सञ्चालन गर्दै आएका छन्। प्रत्येक वर्ष कर्णालीमा करिब १० हजारभन्दा बढीले सिलाइकटाइ तालिम लिन्छन्। त्यसमध्ये मुस्किलले २० प्रतिशत दलित समुदायको प्रतिनिधित्व हुन्छ। जसले पनि प्रष्ट पार्छकी दलित समुदाय यस पेसाबाट पलायन हुँदै गएको र अन्य समुदायको उपस्थिति बढ्दो छ।

यस व्यवसायलाई आधुनिकीकरण गर्न आर्थिक अभाव हुँदा दमाई जातीका मान्छे यस पेसाबाट पलायन हुन थालेको सिलाइकटाइ तालिमका प्रशिक्षक चित्र सुनारले जनाए। ‘अहिले ज्यालादारी मजदुरी काम गर्छन्,’ उनले भने, ‘आर्थिक अभाव हुँदा उनीहरुले पेसालाई व्यवसायमा बदल्न सकेका छैनन्।’ सरकारले दमाइ जातीका व्यक्तिलाई मात्र समेटेर विशेष सिलाइकटाइ तालिमका कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ। अहिले उनले १० जनालाई सिलाइकटाइ तालिम दिइरहेका छन् तर बिडम्वना उक्त तालिममा एकजना पनि दलित समुदायको प्रतिनिधित्व छैन। पुरुषभन्दा महिला बढी यस पेसामा आकर्षण बढ्दो भएको उनी बताउँछन्।

बेरोजगार बस्नुभन्दा रोजगारी सिर्जना गर्न सिलाइकटाइ गर्न थालेको सिम्ता गाउँपालिका–४, सिमल गाउँकी २९ वर्षीया राधिका पोखरेलले जनाइन्। ‘पढाइ गरेर पनि जागिर मिलेन,’ उनी भन्छिन्, ‘बेरोजगार बस्नुभन्दा सिलाइकटाइ सिकेर यस व्यवसायमा लागेँ।’ यसभन्दा पहिला उनीसँग यस पेसासँग जोडिएका रोचक प्रसंग छन्। यही पेसा (सिलाइकटाइ) गर्ने व्यक्तिलाई घरभित्र पस्न र उसले छोएको खान पनि हिच्किच्याउनु पर्दथ्यो। जुन पेसाका व्यक्तिलाई उनको घरले विभेद गथ्र्याे त्यही पेसा उनले गर्न थालिन्। ‘पहिला समाजमा रुढीवादी कूसंस्कार थियो,’ उनले भनिन्, ‘समाजले जस्तोजस्तो गर्‍यो त्यस्तैत्यस्तै हामीले पनि गरिम्।’ तर अहिले समय फेरिएसँगै पहिलाको जस्तो भेदभाव नभएको उनको भनाइ छ।  

सुरुका बेला यो व्यवसाय गर्दा गौमाया चन्दलाई कम्ता गाह्रो भएन। हिजो जसलाई अछुत भनेर बन्देज गरिन्थ्यो त्यही पेसा गर्दा समाजले हेर्ने दृष्टिकोणप्रति उनी पीडित थिइन्। ‘पछि सिलाइकटाइ गर्दै आएँ,’ उनले भनिन्, ‘त्यसपछि अहिले त त्यस्तो केही लाग्दैन।’ अझ उनले सिलाइकटाइ तालिम सिक्नुभन्दा पहिला दलित समुदायले छोएको समेत खान अप्ठ्यारो मान्थिन्। पछि दलित समुदायका महिलासँग बसेर सीप सिक्नु पर्दा उनीहरुसँगै खान थालिन्। पछि कूसंस्कार मात्र हो भन्ने थाहा भएपछि उनले अहिले त्यस्तो विभेद गर्दैनिन्। सामान्यतया दैनिक दुई हजार रुपैयाँभन्दा माथि यस व्यवसायबाट आम्दानी हुने गरेको सिलाइकटाइ व्यवसायी बताउँछन्। पछिल्लो समय कथित माथिल्लो जातीका व्यक्ति पनि अछुत मानिएको पेसा गर्दै आएकाले के प्रमाणित हुन्छन भने, ‘मानिस कामले सानो ठूलो हुँदैन।’ 

कामकै आधारले कसैलाई छुवाछुत र भेद्भाव गर्नु हुँदैन भन्ने यस व्यवसाय बढ्दो आकर्षणले पनि पुष्टि गरेको कानुन व्यवसायी दुर्गाप्रसाद सापकोटाले जनाए। दमाइ जातीका मान्छे आर्थिक अभावले विदेशीसँगै यस पेसामा अन्य समुदायको आकर्षण बढ्न थालेको उनको भनाइ छ। ‘अहिले कुनै पनि काम र व्यवसाय सानो र ठूलो, अछुत र छुत हुँदैन,’ उनले भने, ‘कम लगानीमा धेरै आम्दानी हुन थालेपछि यो पेसामा आकर्षण बढ्यो।’ जातीय छुवाछुत तथा कुनै प्रकारका विभेद गर्न नपाइने भन्दै उनले पेसा व्यवसाय कुनै एक समुदाय विशेष नहुने बताउँछन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस