मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा बनाइएको बाँसको पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद पछि योजनाबद्ध रुपमा भएको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्। मानिसको ज्याननै जाने गरी भएको घटनाका मुख्य अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
आक्रमणको नेतृत्व गरेका घटनाका मुख्य योजनाकार बेलबारी–५ का विनय सरदारलाई प्रहरीले सुनसरीको मधुवनबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले सरदारलाई घटना भएको १८ दिनपछि पक्राउ गर्न सफल भएको हो। साथीको घरमा लुकेर बसेका सरदारलाई सोमबार राती पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
सरदारको नेतृत्वमा गत भदौ १२ गते गरिएको आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो। बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो। सो घटनामा उनकै परिवारका तीन जना घाइते भएका थिए। घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए। आक्रमणबाट घाइते भएकाहरू उपचारपछि घर फर्किसकेका छन्।
हत्याको घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का जितेन्द्र चौधरी, दीपेन्द्र चौधरी, वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का विशालकुमार खवास र राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न ग्रामथान–७ का प्रभात चौधरी, अनुज माझी, ग्रामथन– ५ का दिनेश चौधरी, ग्रामथान–४ का ओम धामी, ग्रामथान–२ का कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का दिनेश मास्केलगायत अझै फरार रहेको प्रहरीले जनाएको छ।
यसरी भयो घटना
वेलवारी स्थित लोहन्दा खोलामा स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युवाहरुले लोहन्द्रा खोलामाथि बाँसको भाटा प्रयोग गरेर अस्थायी पुल बनाएका थिए। पुल तरेबापत उनीहरूले एउटा मोटरसाईकलको २५ रुपैयाँ लिने गर्दथ्ये। बाँसको अस्थायी पुलबाट दैनिक सैयौं सर्वसाधारणले खोला वारपार गर्थे। त्यहि पुलमा उठाउने गरिएको पैसाको विवादका कारण हत्यासम्मको घटना भयो।
भदौ ११ गते राति मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठ लगायतका युवाहरुले पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनु पर्नेभन्दै विवाद गरेका थिए। विवाद उत्पन्न भएपछि ग्रामथान–२ का कृष्ण चौधरीले कसेनीका विनय सरदारलाई फोन गरेर बोलाए। केही युवा लिएर सरदार आइपुगेपछि उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाएका थिए।
रिसईबी साँधेर बसेका सरदारले २५/३० जना युवा बटुलेर अघिल्लो रात विवाद गर्नेको खोजी गर्दै भोलिपल्ट आक्रमण गरेका थिए। झगडा सुरु हुनथालेको चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको उनीहरुकै आक्रमणमा परेर मृत्यु भएको हो। पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद गरेको भन्दै राई परिवारमाथि आक्रमण भएको थियो।