रौतहटमा एकै दिन दुई अबोध बालबालिकाको अस्वाभाविक मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ।
घरनजिकै कलधाराको पानी जम्ने खाल्डोमा डुबेर बालकको बिहीबार साँझ मृत्यु भएको हो। पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसैगरि रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ मा एक बालिकाको छतबाट लडेर मृत्यु भएको छ। स्थानीय आनन्दी साहकी डेढ वर्षकी छोरी विनिताकुमारी साहको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको हो। छतमा खेल्ने क्रममा बालिका माथिबाट लड्न पुगेको र बालिकाको घटनास्थलमै मृत्यु भएको पारिवारीक स्रोतको हवाला दिँदै जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दुवै बालबालिकाको शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्।