उदयपुर प्रहरीले रातको समय पारेर अवैध रासायनिक (युरिया) मल र सुर्ति जिल्ला भित्र्याउँदै गरेको अवस्थामा भेटेर दुईजनासहित नियन्त्रणमा लिएको छ। मंगलबार राति सिराहा र उदयपुरको सीमास्थल कटारी नगरपालिका १ बेलसोतस्थित जंगलमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा ४० बोरा युरिया मल, ५ बोरा सुर्तिसहित दुईजना नियन्त्रणमा परेका हुन्।
प्रदेश २–०१–००१–च ०१४८ नंं को बोलेरो भेनमा राखेर मल र सुर्ति भित्र्याउँने काममा सहभागी सिन्धुली जिल्ला दुधौली नगरपालिका ९ का २६ वर्षीय देवचन कुमर र दुधौली नगरपालिका ११ का ३६ वर्षीय अन्जितकुमार खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कुमर सामान्य भए पनि खड्का मल र सुर्तिको अवैध धन्दा गर्ने कार्यमा यसअघिदेखि नै संलग्न हुँदै आएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
सिराहाको मिर्चैयाबाट सिद्धिचरण लोकमार्ग भएर अवैध मललगायत सामग्री कटारी भित्रिदै गरेको सुराकीका आधारमा प्रहरी चौकी बेलसोतबाट खटेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। बोलेरो चेकजाँचको क्रममा सुर्ति र युरिया मल भेटिए पनि कागजात माग्दा नभएपछि भन्सार छलेर ल्याइएको सामान भन्ने यकिन गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ मल र सुर्ति तथा दुवैजनालाई आवश्यक कारबाही गर्न आन्तरिक राजश्व कार्यालय लाहान पठाइएको छ। पछिल्लो ६ महिनायता कोरोना महामारीको लकडाउन र निषेधाज्ञा लागू भएकै समयमा पनि अवैध धन्दा, चोरी तस्करी र बिभिन्न आपराधिक गतिबिधि बढेको प्रहरी निश्कर्ष छ। यस्ता गतिबिधि बढेपछि जिल्लाभित्र अवैध कारोबार हुन नदिन तथा चोरी निकासी, तस्करीजस्ता गैर कानुनी काम हुन नदिन विशेष अभियान नै सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्।
उनका अनुसार जिल्ला प्रहरीले विशेष टोली नै गठन गरेर यस्ता अवैध कामको नियन्त्रणमा अभियान केन्द्रित गरेको छ। बिना अनुमति स्थानीय खोला खहरेबाट अवैध रुपमा ढुंगा, गिटी, बालुवा झिकेर बेच्नेदेखि नदीजन्य र वनजन्य सामग्रीको उत्खनन्, दोहन र बिक्री वितरण गर्नेविरुद्ध अभियानलाई केन्द्रित गर्न थालेपछि यस्तो काममा सहभागी भएको आरोमा धेरै जना पक्राउ परिसकेको एसपी दाहालले बताएका छन्।