दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरको एक मन्दिरका पुजारी पक्राउ परेका छन्। स्थानीय १० वर्षीया र ८ वर्षीया दुई बालिकालाई मन्दिरभित्रको कोठामा लगी यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका ६ मोहनपुरस्थित शिव मन्दिरका पुजारी रामविलाश खत्वे मण्डल पक्राउ परेका हुन्।
६६ वर्षीय पुजारी मण्डलले गत १२ गतेका दिन मन्दिर आएका बालिकाहरुलाई पैसा र अन्य प्रलोभन देखाई सोही मन्दिरमा रहेको आफू बस्ने कोठामा लगी यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अभिभावकको उजुरीका आधारमा पुजारी मण्डललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएंको छ।
मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुन्धान सुरु भएको छ। उनीमाथि बलात्कार सम्बन्धी ऐन अनुसार कारबाही गर्ने गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्।