उदयपुरकी प्रदेश सांसद अम्बिका थापाले पुरुषसरह महिलाले पनि मृतक बुबालाई पिण्ड दिन पाउनुपर्ने माग गरेकी छिन्। सोह्रश्राद्धमा आफ्ना पिताको स्मृतिमा पिण्ड दिन समाजले रोक्ने गरेकाले स्थानीय शान्तिधामका बटुकलाई बिहीबार पिण्ड सामग्री हस्तान्तरण गर्दै सांसद थापाले छोरीले पनि छोरासरह पिण्ड दिन पाउनुपर्ने माग गरेकी हुन्।
आफूहरु दुई सन्तानमध्ये दुवै छोरी भएकाले पिताको स्मृतिमा सोह्रश्राद्ध गर्न पाउनुपर्ने उनको माग छ। तर, पुरुष प्रधान समाजले छोरीलाई सोह्रश्राद्ध गर्न रोक्ने भएकाले पिण्डमा लाग्ने सम्पूर्ण सामग्री उनले त्रियुगा नगरपालिका १२ त्रियुगा नदी किनारमा रहेको त्रियुगा शान्तिधामका बटुकलाई प्रदान गरिन्। छोरा नभएकाले आफ्ना स्वर्गीय पिताको नाममा आफूले बुबालाई पिण्ड दिन पाउनुपर्नेमा नपाएपछि सोह्रश्राद्धमा लाग्ने सामग्री धामका बटुकलाई हस्तान्तरण गरेको उनले बताईन्।
हिन्दु संस्कारले महिलालाई पुरुषभन्दा फरक र हेलाको दृष्टिकोणले हेरेको गुनासो गर्दै एउटै बुबाका सन्तान छोराले पितृ तर्पण चढाउँदै पिण्ड दिन पाउने तर, त्यही कोखबाट जन्मेकी छोरीले नपाउने संस्कार महिलामाथिको विभेद भएको बताईन्। पुरातन संस्कार असमान रहेको भन्दै उनले भेदभावपूर्ण संस्कार र परम्परालाई परिमार्जन गर्दै समयानुकुल सुधार गर्दै लानुपर्ने सुझाईन्।
सांसद थापाले पिण्ड दान गर्दा लाग्ने ९० किलो चामल, १ काटुन तेल, २ किलो मटर, २ किलो नुन, २ किलो चिनी, २० किलो पिठो, मसलालागयत सामग्री र सिदावापत लाग्ने रकमसमेत बटुकलाई दिएकी हुन्। पररम्परागत मान्यतालाई सिर्जनसिल र उपयोगी बनाउन पनि शान्तिधामका बटुकलाई सहयोग गरेको उनको भनाई छ। थापाले दिएको सामग्री बटुकलाई लाग्ने खर्चमा प्रयोग गर्ने शान्तिधामका व्यवस्थापक जागेश्वर साहले बताए। उनका अनुसार आमा, काकालगायत आफन्त लिएर शान्तिधाम पुगेकी थापाले त्यहाँ सञ्चालित त्रियुगा बैदिक गुरुकुलको विकासका लागि थप सक्दो सहयोगसमेत गर्ने प्रतिवद्धता जनाएकी छिन्।
गुरुकुलका कुल गुरु तथा शान्तिधामका अध्यक्ष पं. गिरीराज खतिवडाका अनुसार हिन्दु संस्कारमा विहे गरेर गएकी छोरीले श्रीमान् जिवित रहेका बेला बाबु आमाको मृत्यु भए केश खौरेर दुःख बार्न र पितृ तर्पण तथा पिण्ड दिन नपाउने व्यवस्था छ। शास्त्रमा छोरा र छोरी बराबर भए पनि संस्कारमा विवाह गरेपछि महिलाको गोत्र परिवर्तन हुने हुनाले पितृ तर्पण र पिण्ड दिने व्यवस्थामा संस्कार असमान रहेको पं. खतिवडाले बताए।