जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको जोरविजोर प्रणाली कडाइका साथ लागू गर्न थालिएको छ। बुधबारदेखि मोरङमा लागू गरिएको जोरविजोर प्रणालीलाई बिहीबारदेखि कडाइ गर्न थालिएको हो।
जोरविजोर प्रणाली अनुसार जोर दिन जोर नम्बर प्लेटको सवारी साधन र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था छ। तर, जोरविजोर प्रणाली लागू भएको बारे जानकारी नभएको भन्दै सवारी साधन चलाउनेको संख्या धेरै छ। जोरविजोर प्रणाली विपरित सावारी साधन सञ्चालन गर्नेहरूलाई जरिवाना गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्दारले बताए।
उनका अनुसार ट्राफिक प्रहरीले विराटनगर महानगरपालिकाका मुख्य चोकहरू र जिल्लाका विभिन्न स्थानमा चेकजाँच तीव्र पारेको छ। चेकजाँचका क्रममा नियम विपरित सावारी साधन चलाएको पाइए ५ सय रुपैयाँ जरिवाना गर्न थालिएको पोद्दारले बताए। ‘जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गर्ने सवारी चालकहरूलाई ५ सय रुपैयाँ जरिवाना गर्न थालिएको छ ’ पोद्दारले भने।
उनका अनुसार बिहीबार मोरङमा २ सय भन्दा बढी सवारी साधनलाई होल्ड गरिएको छ। जसमा अत्यावश्यक कामका शिशिलामा हिंडेकाहरूलाई जोरविजोर प्रणालीबारे जानकारी दिएर छाडिएको छ। यस्तै लापरवाही गरि सवारी चलाउनेहरूलाई भने ५ सय रुपैयाँ जरिवाना गरिएको पोद्दारले बताए। लापरवाही गरी जोरविजोर प्रणाली विपरित चलाइएका ३० वटा सवारीलाई जरिवाना काटिएको पोद्दाले जानकारी दिए।
यस्तै करिब ४० वटा सवारी साधन अझै ट्राफिक प्रहरीले होल्डमै राखेको छ। होल्ड गरिएका सवारी साधनलाई पनि जरिवाना गरेर मात्रै छाड्ने तयारी भइरहेको पोद्दारले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालय मोरङको आदेश अनुसार जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरिने स्पष्ट पारे। भदौ २२ गतेसम्म नै जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गर्नेलाई होल्ड गर्ने तथा जरीवाना गराईने जानकारी दिए।