बागलुङ बाढीः १४ जनाको मृत्यु, ३८ जना बेपत्ता
१८ भदौ २०७७
•
२ मिनेट पाठ
बागलुङ बाढीः १४ जनाको मृत्यु, ३८ जना बेपत्ता
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति एक्कासी आएको बाढीले बगाउँदा १४ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। सुतिरहेको अवस्थामा मध्यरातमा बाढीले आएको बाढीले ढोरपटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए। ‘बाढी गाउँमा प्रवेश गर्दा ठूलो मानवीय क्षति भएको छ,‘भौतिक क्षतिको तत्काल मुल्याङ्कन गर्न नसक्ने अवस्थाको छ’ सूचना अधिकारी समेत रहेका डिएसपि रेग्मीले भने।  




उनका अनुसार मृतक मध्ये पाँच जना पुरुष र ९ जना महिला रहेको जानकारी दिए। मृत्यु भएका मध्ये ढोरपाटन नगरपालिका–९ की २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ। खोलाले बगाएको अवस्थामा मृतकको शव ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकासम्म छरिएका थिए। बाढीले बगाएको शव पुलमा अड्किएको र खोलाको छेउमा बालुवामा पुरिएको अवस्थामा भेटिएको उद्धारमा खटिएका प्रहरीले जनाएको छ।  

‘क्षतविक्षत अवस्थामा रहेको शवको पहिचानमा समस्या भएको छ,‘तीव्र गतिमा आएको बाढीले बस्ती नै बगाउँदा भेटिएका शवको पहिचानमा समेत समस्या भएको छ’ उद्धारको लागि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने।  

उनका अनुसार बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, ३ वटा झोलुङ्गे पुल, एउटा यात्रुबाहक जिप, पशुचौपाया बगाएको छ। उद्धारकर्ताले भौतिक क्षति भन्दा मानवीय क्षतिलाई लक्षित गरी खोजी कार्यमा सक्रिय रहेको प्रजिअ न्यौपानेले बताए।  

बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बुधबार बेलुका घटना घटेपनि बिहीबार विहान मात्र इलाका प्रहरी चौकी बुर्तिबाङको टोली र प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो।
अर्को समाचार
बागलुङ बाढीः १२ जनाको शव फेला, ४१ जना बेपत्ता
१८ भदौ २०७७
•
३ मिनेट पाठ
बागलुङ बाढीः १२ जनाको शव फेला, ४१ जना बेपत्ता
बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले पुर्‍याएको क्षति । तस्बिर सौजन्यः उजीर मगरको फेसवुक वाल
बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको भीषण बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता छन्। बुधबार राती साढे ११ बजेतिर आएको भीषण बाढीले खोलाको तटीय क्षेत्रका घर बगाएको थियो।  




बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार अहिलेसम्म १२ जनाको शव फेला परेको छ। ती मध्ये एकजना महिला २६ वर्षीया केशमाया विकको मात्र सनाखत भएको छ। अन्य ४१ जना स्थानीय हराएको उनले बताए। ‘अहिलेसम्मको विवरण अनुसार १२ जनाको शव फेला परेको छ भने ४१ जना हराएका छन,’ उनले भने, ‘क्षतिको संख्या बढ्ने अनुमान छ।’  

डिएसपी रेग्मीका अनुसार बाढीमा परेका चारजनाको घाइते अवस्थामा उद्धार गरेर उपचारार्थ पठाइएको छ। गाउँलेका ३१ वटा घर पूर्ण रुपमा बाढीमा बगेका छन्। दुईवटा स्कुल, लघुजलविद्युतसहित सवारी साधन पनि बाढीमा बगेका छन्। भुजीखोला चौथो, पाँचौ, छैठौ र सातौ लघुजलविद्युतसहित सरस्वती आधारभूत र जनचेतना प्राविका भवन पनि बाढीले बगाएको स्थानीयले बताएका छन्।

घरमा सुतिरहेको बेला एकाएक खोलाले सोहोरेर लगेको स्थानीयले बताएका छन्। घटनास्थलमा अहिले प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेको रेग्मीले बताए। ‘खोलामा ठूलो बाढी आएकोले पनि बिहान उद्धारमा पुग्न केही कठिनाई भयो,’ रेग्मीले भने, ‘खोलाको बहाव बढी भएकोले खोजीमा सहज छैन।’ ढोरपाटन नगरपालिकाको ५,६,७, ८ र ९ नम्बरमा बाढीले बढि क्षति पुर्‍याएको उनले बताए। डिएसपी रेग्मीका अनुसार ८ र ९ नम्बरमा अझ बढी क्षति छ। उनका अनुसार यो खोला बगेर तल आउदा बडिगाढमा मिसिन्छ।  

घटना भएको थाहा पाएलगत्तै घटनास्थलको सबैभन्दा नजिकको बुर्तिबाङबाट विहान प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर, पनि बाटोमा पहिरो र खोलामा बहाव बढी भएकोले उद्धारमा खटिन समस्या भएको उनले बताए। ‘बागलुङको पहिरोमा बगेका व्यक्ति गुल्मीमा फेला परेको समेत सूचना आएको छ। तर, अझै पुरै विवरण आईसकेको छैन,’ डिएसपी रेग्मीले भने । उनका अनुसार राती ११ बजेतिर त्यो क्षेत्रमा भीषण वर्षा भएको थियो। खोलाको सिरान क्षेत्रमा ११ बजे भीषण वर्षा भएपछि तल्लो तटीय क्षेत्रमा क्षति हुँदा राती एक बजिसकेको थियो। 

 

घटनास्थलमा पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार बाढीले खोलाकिनारका घर पुर्ण रुपमा बगाएको छ। ‘भीषण बाढीले खोला किनारमा रहेका घर पुर्ण रुपमा बगाएको छ। हराएका स्थानीयलाई भेटाउन उत्ति सहज छैन,’ न्यौपानेले भने, ‘बस्तीमा क्षति पुगेको छ।’ उनका अनुसार खोला किनारको करिब ५० मिटर दुरीमा घर थिए। खोलाले एकसय मिटर दूरीका दायँबायाँका घर बगाएको उनले बताए। ‘अहिलेसम्म यति ठूलो बाढी यो क्षेत्रमा आएको जानकारी कसैलाई थिएन। भीषण बाढीले एकैनिमेषमा खोला किनारको बस्ती सोहो¥यो’ उनले भने, ‘रातीको समय भएकोले पनि स्थानीय बाहिर निस्कन सकेनन्। त्यसले गर्दा बढी क्षति भयो।’

स्थानीय जीवन घर्तीमगरका अनुसार घटनास्थल सदरमुकाम बागलुङदेखि १३० किलोमिटर पश्चिममा पर्छ। बाढीले क्षति पुर्‍याएको ठाउँ बागलुङको ढोरपाटनदेखि रुपन्देहीको सालझन्डी जोड्ने मोटरबाटोको खण्ड हो। यसैबीच बागलुङको बाढीको क्षति स्थलगत अवलोकनका लागि काठमाडौंबाट आएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिक पुगेपनि मौसम खराबीले पोखरा फर्केको थियो। मौसम खराबीले घटनास्थल पुगेर पनि हेलिकप्टर अवतरण हुन नसकेपछि फर्केको प्रहरीले बताएको छ।  

पोखरा विमास्थलका अनुसार स्याङजाको आकाश हुँदै सेनाको हेलिप्कटरमा गएका गृहमन्त्री मौसम खराबीले फर्केर केहीबेर पोखरा विमानस्थलमा बसेका थिए। अहिले गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्केको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस