भूमिहीन नगरबासीलाई बेलकाले धनीपुर्जा दिने
१८ भदौ २०७७
•
२ मिनेट पाठ
भूमिहीन नगरबासीलाई बेलकाले धनीपुर्जा दिने
छलफल कार्यक्रममा सहभागी केयरलगायत । तस्बिरः महेश्वर
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले भूमिहीन र सुकुम्बासी नगरबासीलाई लालपुर्जा दिलाएर छाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। नगरपालिकाको मियमित ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम अन्तर्गत बुधबार वडा नं. ८ मा आयोजित छलफलमा मेयर थापाले भूमिहीन जनतालाई जग्गाधनी बनाएरै छाड्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्।  




वडाको हात्तिसुँडे टोल विकास संस्थाद्वारा आयोजित कार्यक्रममा मेयर थापाले बेलका नगरपालिकाका झण्डै ७५ प्रतिशत जनता जग्गाविहीन भएको भन्दै जमिन भएकाहरुको पनि भोगचलन मात्र रहेको लालपुर्जा नभएको बताए। उनले त्यस्ता नगरबासीलाई धनीपुर्जा दिए जमिनको स्वामित्व दिलाइने बताए। जनताको भूमिसँगको अनौपचारिक सम्बन्धलाई औपचारिक बनाउने प्रतिबद्धता जनाउँदै मेयर थापाले बेलका सरकारले त्यसका लागि कदम चालिसकेको जानकारी दिए।  

जसले वर्षौंदेखि जमिनको भोगचलन गर्दै आएको छ तर, उसको नाममा जमिन दर्ता भएको छैन भने त्यस्ता जनतालाई नगरपालिकाले लालपुर्जा दिलाएर जग्गा धनी बनाएर छाड्ने प्रण उनको थियो। नगरपालिकाले वर्षदिन अघिदेखि नै ऐलानी र पर्ती जग्गाको लगत संकलन गर्दै वास्तविक जग्गाधनी हो होईन भन्ने यकिन गर्न प्रमाण संकलन कार्य जारी राखेको भन्दै मेयर थापाले भोगचलन गर्दै आएको जग्गाको धनीपुर्जा उनीहरुलाई दिने व्यवस्था मिलाउदै गरेको बताए। उनले जग्गाधनीलाई नगरपालिकाबाटै पुर्जा वितरण गर्ने कुराको पनि विश्वास दिलाएका छन्।  

कार्यक्रममा वडाध्यक्ष जयकुमार राईले स्थानीयतहले जनिको पुर्जा बाँड्न पाउदैन भनेर जनतालाई त्रास देखाएको भन्दै नेपालको संविधान र भूमि ऐन अनुसार नगरपालिकाले जग्गाधनीलाई लालपुर्जा वितरण गर्न पाउने हक रहेको बताए। वडाध्यक्ष राईले स्थानीयत हले धनीपुर्जा बाँड्न पाउदैन भनेर हल्ला गर्नेहरुलाई नेपालको संविधान २०७२ को अनुसुची ८ (१४) नं. बुँदा राम्ररी हेर्न सुझाए। अध्यक्ष राईले भ्रमको खेती गर्नेहरु जनताबाट विस्तारै नांगिदै जाने र आफै पाखा लाग्ने पनि बताए।

नेकपा बेलका नगर कमिटी सचिव गणेश बस्नेतले नगर सरकारले गरेका विकास निर्माण र राम्रा कामहरुबाट आत्तिएर विपक्षीहरुले अनावश्यक हल्ला र बखेडा झिक्ने गरेको कुराप्रति जनता सचेत हुन आग्रह गरे। नगरपालिकाप्रतिको जनसमर्थन र राम्रा काम देखेर प्रतिपक्षी दलहरु आत्तिन थालेको भन्दै सचिव बस्नेतले त्यस्ता नचाहिदा हल्ला र अफवाहको पछि नलाग्न नगरबासीसमक्ष आग्रह गरे। पछिल्लो केही समययता विपक्षीहरुले नगरपालिकामा भ्रष्टाचार भएको भन्दै भ्रमको खेती छरिरहेको भन्दै उनले नगरपालिकाले कुन काम र कहाँको योजनामा भ्रष्टाचार भयो नाम तोकेर उजुरी गर्न एकसाताको समय सीमा तोक्दा एउटा पनि उजुरी नआएको बताए।  

‘गएको एकडेढ महिनायता नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै विपक्षीहरुले नारा जुलुस र सभा सम्मेलन गरे’ बस्नेतले भने ‘साँच्चै हो कि भनेर हामीले नगरपालिकामार्फत भ्रष्टाचार भएको आशंका गरिएका योजना र कार्यक्रमको नाम तोकेर उजुरी गर्न सातादिनको समय सीमा तोकेर सूचना जारी गर्न लगाउँदा एउटै उजुरी परेन।’  

कार्यक्रमका सहभागीहरुले सोझा सिधा नगरबासीलाई नभएको कुरा लगाएर उत्तेजित बनाईरहने, भ्रम छरेर उल्लु बनाईरहने घिनलाग्दा हर्कत जिम्मेबार प्रतिपक्षीहरुलाई नगर्न आग्रह गरेका थिए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस