मोरङमा जोरविजोर प्रणाली लागू
१७ भदौ २०७७
•
२ मिनेट पाठ
मोरङमा जोरविजोर प्रणाली लागू
मोरङमा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ। बुधबारदेखि जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको हो।  




सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिए पनि सर्वसाधारण जोरविजोर प्रणालीबारे बेखवर छन्। जोरविजोर प्रणालीबारे आफूहरू अनविज्ञ भएको विराटनगरका स्थानीय बताउँछन्। विराटनगर –५ का ज्ञानमणि नेपालले आफूलाई जोरविजोर प्रणालीबारे जानकारी नै नभएको बताए। विराटनगर स्थित घाँसचोकमा ट्राफिक प्रहरीले बाइक रोकेर साइड लगाएर सोधपुछ गरेपछि  मात्रै जोरविजोर प्रणाली लागू भएको जानकारी आफूले पाएको नेपालले बताए। ‘४ बजेसम्म निषेधाज्ञा खुलेको भनेर गाडि लिएर हिंडेको ट्राफिकले रोक्यो’ उनले भने, ‘जोरविजोर प्रणाली लागू भएको पत्तै भएन।’  

नेपाल मात्रै हैन जोरविजोर प्रणालीबारे जानकारी नै नभएको विराटनगर–४का लीला भण्डारीले बताउँछन्। भण्डारीले जोरविजोर प्रणाली लागू भएको बारे  आफूले कतैबाट पनि जानकारी नपाएको बताए। दैनिक काममा जानु पर्नेहरूलाई जोरविजोर प्रणालीले अफ्ठ्यारोमा पार्ने भण्डारीको गुनासो छ।  

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पौद्दारले जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै सूचना प्रकाशित गरेर जोरविजोर प्रणालीबारे जानकारी दिइसकेको बताए। पोद्दारले विभिन्न सञ्चार माध्यममार्फत पनि जानकारी गराइएको दाबी गरे। जोरविजोर प्रणाली लागू गरिएको पहिलो दिन भएकाले बुधबार जोर नम्बर प्लेटका सावरी साधन चलाउनेहरूलाई प्रणालीबारे जानकारी गराएर छाडिएको पोद्दारले बताए। 

बिहीबारदेखि भने अटेर गरी जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गरे कार्वाही गरिने पौद्दारले स्पष्ट पारे। उनले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना विपरित सावारी साधन चलाएको पाइए दिनभरी सवारी साधन नियन्त्रणमा राखिने बताए।  

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार भदौ २३ गतेसम्म निषेधाज्ञा खुकुलो पार्दै स्वास्थ्यको मापदण्ड अपनाएर  दिउँसो ४ बजेसम्म बजार पसल खुल्ला गर्ने र सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने सूचना सार्वजनिक गरेको थियो।
अर्को समाचार
जोरविजोर प्रणाली उल्लंघन गर्नेलाई ५ सय जरिवाना
१८ भदौ २०७७
•
२ मिनेट पाठ
जोरविजोर प्रणाली उल्लंघन गर्नेलाई ५ सय जरिवाना
जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको जोरविजोर प्रणाली कडाइका साथ लागू गर्न थालिएको छ। बुधबारदेखि मोरङमा लागू गरिएको जोरविजोर प्रणालीलाई  बिहीबारदेखि कडाइ गर्न थालिएको हो।  




जोरविजोर प्रणाली अनुसार जोर दिन जोर नम्बर प्लेटको सवारी साधन र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था छ। तर, जोरविजोर प्रणाली लागू भएको बारे जानकारी नभएको भन्दै सवारी साधन चलाउनेको संख्या धेरै छ। जोरविजोर प्रणाली विपरित सावारी साधन सञ्चालन गर्नेहरूलाई जरिवाना गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्दारले बताए।  

उनका अनुसार ट्राफिक प्रहरीले विराटनगर महानगरपालिकाका मुख्य चोकहरू र  जिल्लाका विभिन्न स्थानमा चेकजाँच तीव्र पारेको छ। चेकजाँचका क्रममा नियम विपरित सावारी साधन चलाएको पाइए ५ सय रुपैयाँ जरिवाना गर्न थालिएको पोद्दारले बताए। ‘जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गर्ने सवारी चालकहरूलाई ५ सय रुपैयाँ जरिवाना गर्न थालिएको छ ’ पोद्दारले भने।

उनका अनुसार बिहीबार मोरङमा २ सय भन्दा बढी सवारी साधनलाई होल्ड गरिएको छ। जसमा अत्यावश्यक कामका शिशिलामा हिंडेकाहरूलाई जोरविजोर प्रणालीबारे जानकारी दिएर छाडिएको छ। यस्तै लापरवाही गरि सवारी चलाउनेहरूलाई भने ५ सय रुपैयाँ जरिवाना गरिएको पोद्दारले बताए। लापरवाही गरी जोरविजोर प्रणाली विपरित चलाइएका ३० वटा सवारीलाई जरिवाना काटिएको पोद्दाले जानकारी दिए।  

यस्तै करिब ४० वटा सवारी साधन अझै ट्राफिक प्रहरीले होल्डमै राखेको छ। होल्ड गरिएका सवारी साधनलाई पनि जरिवाना गरेर मात्रै छाड्ने तयारी भइरहेको पोद्दारले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालय मोरङको आदेश अनुसार जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरिने स्पष्ट पारे। भदौ २२ गतेसम्म नै जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गर्नेलाई होल्ड गर्ने तथा जरीवाना गराईने जानकारी दिए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस