कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट छिरेको हात्तीको समूहले उदयपुरको बेलका नगरपालिकाका बिभिन्न स्थानमा आतंक मच्चाएको छ। नगरपालिकाको पूर्वीभेग ३ नं. वडा भएर गाउँ छिरेको हात्तीको समूहले स्थानीय किसानको घरटहरा भत्काउनुका साथै अन्नबाली र धानलगायत खाद्यान्न नष्ट गर्दै हिँडेको नगरपालिकाले जनाएको छ।
गत १३ गते राति गाउँ पसेको हात्तीको समूहले बेलका ३ को गुटी टोलका स्थानीय ८ घर भत्काईदिनुका साथै घरभित्र रहेको अन्न र खाद्यान्न खाईदिएको तथा खेतमा पाक्न लागेको भदैया धानबाली नष्ट गरेको पीडितलाई उद्धृत गर्दै नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए। राति आएका हात्तीले गुडी टोलका किसान सदा र उनका छिमेकी ८ परिवारको घर भत्काएर घरभित्र रहेको अन्नपात र खाद्यान्न खाएर नष्ट गरिदिएको राईले बताए।
हात्तीले क्षति पुर्याएका पीडित स्थानीयलाई २४ घण्टा नभई बेलका नगरपालिकाले राहत उपलब्ध गराएको छ। पीडित ८ घरपरिवारलाई नगरपालिकाले खाद्यान्न तथा बसोबासका लागि त्रिपाल उपलब्ध गराएको छ। नगरपालिकाले दाल, चामल, तेल, चिनीलगायत खाद्यान्न र त्रिपाल स्थानीय ‘सहयोगी मनका युवा समूह’को माध्यामबाट वितरण गरेको समूहका सदस्य राजेश भट्टराईले बताए।
नगरप्रमुख दुर्गाकुमार थापासहितको टोली घट्नास्थल पुगेर पीडितहरुलाई सान्त्वना दिँदै राहत वितरण गरेको हो। प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो चिनी वितरण गरिएको छ। मेयर थापाले नगरपालिकाको ‘जहाँ अभर त्यहाँ नगर’ कार्यक्रम अन्तर्गत हात्तीले भत्काएर क्षति पुगेका ८ वटै घरको पुनर्निर्माण गर्दै छानो हाल्न नगर सरकारको तर्फबाट प्रत्येक घरधुरीलाई निःशुल्क जस्ता पाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।