थानपोखरीमा रुख ढालेको भन्दै उपभोक्ताले गुहारे अख्तियार र डिभिजन वन
१६ भदौ २०७७
•
३ मिनेट पाठ
थानपोखरीमा रुख ढालेको भन्दै उपभोक्ताले गुहारे अख्तियार र डिभिजन वन
बरामद काठ । तस्बिरः महेश्वर
वास्तविक उपभोक्तालाई बाल्ने दाउरासम्म नदिने समितिले भित्रभित्रै अवैध हरिया रुख ढाल्ने गरेको आरोप लगाउदै उदयपुरको थानपोखरी सामुदायिक वन उपभोक्ता समूहविरुद्ध झण्डै ४ दर्जन उपभोक्ताले कारबाही माग गर्दै अख्तियार र डिभिजन वन गुहारेका छन्। चौदण्डीगढी नगरपालिका ६ र ९ स्थित थानपोखरी वन समूहले लगत र छपान आदेशविना साँखुका रुख ढालेको भन्दै ४५ उपभोक्ताले अख्तियार र वन गुहारेका हुन्।  




लगत र छपान आदेश नलिई साँखु, साज र जामुनका ५ वटा ठूल्ठूला रुख ढालेर बेच्न खोजेको भन्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न उपभोक्ताले माग गरेका छन्। गत पुसमै अनाधिकृत ढालिएका ३ थान साँखु, १/१ थान साज र जामुनका रुख जंगलमा भेटेपछि उपभोक्ताले समूहका पदाधिकारीसँग यसबारे सोधखोज गरेका थिए। तर, अध्यक्ष र सचिवले वास्तै नगरेपछि छानविन गरी दोषीउपर वन ऐन अनुसार कारबाही गर्न सवडिभिजन, डिभिजन वन हुँदै अख्तियारसम्म पुग्नुपरेको उपभोक्ता शिव कार्कीले बताए।  

कार्कीका अनुसार समितिले उपभोक्ताको आवाज बेवास्ता गरेपछि सवडिभिजन कार्यालय सुन्दरपुर र डिभिजन वन गाईघाटमा दिएको उजुरीको पनि सुनुवाई नहुँदा अख्तियार गुहार्नु परेको हो। अनाधिकृत रुख किन ढालियो भन्नेबारे सम्बन्धित निकायलेसमेत चित्त बुझ्दो जवाफ नदिएकाले अख्तियार गुहार्नु परेको उनले बताए। सामुदायिक वन सबैको साझा सम्पत्ति भएकाले दिनदहाडै काँचो सखुवा ढालेर मनपरी गरेको जानकारी गराउदा अध्यक्षले चासो नदिएको उनको भनाई छ। अर्का उपभोक्ता रमेश कार्कीले रुख ढाल्नेलाई कारबाही गर्न समितिमा निवेदन दिँदा उल्टै पदाधिकारीले दादागिरीको शैलीमा हप्कीदप्की गरेको गुनासो गरे।

समितिका सहसचिव, कोषाध्यक्षलगायत अधिकांश सदस्यलाई थाहै नदिई अध्यक्ष र सचिवले समितिमा मनोमानी गर्ने गरेको आरोप कार्कीको छ। वन छाँटकाँट (ट्रिपुलिङ) गर्दा १२/१५ ट्याक्टर लाथ्रा निकाले पुग्नेमा अनावश्यक लाथ्रा ढालेर ६० ट्याक्टरभन्दा बढी निकालेको उनको आरोप छ। निकालेको लाथ्राको विवरण आमभेला बोलाएर सार्वजनिक गर्नुपर्नेमा वर्षदिन हुन लाग्दासम्म नगरेको कार्कीले बताए।  

लगत र छपान विना रुख अध्यक्षकै आदेशमा ढालेको हुनसक्ने अर्का उपभोक्ता भीमराज खत्रीले बताए। ढालिएका रुखका टुना सर्जमिन मुचुल्का गरे पनि अहिलेसम्म जंगलमै राखिएको छ। सव डिभिजन सुन्दरपुर, डिभिजन वन कार्यालय गाईघाट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे पनि तयसउपर हालसम्म सुनुुवाई नभएको गुनासो पनि कार्कीको छ।  

समूहका अध्यक्ष हरिबहादुर राउतले रुख ढाल्ने व्यक्तिलाई पक्राउ गरी बिगो जरिवाना तिराएर कुरा मिलाईसकेको बताए। रुख ढाल्ने खम्वसिंह खत्रीबाट जरिवानास्वरुप ७६ हजार १ सय ८१ रुपैयाँ समूहलाई बिगो भराएको रकम वैंकमा दाखिलासमेत भईसकेको जानकारी उनले दिए। केही उपभोक्ताले वन मासेर पोखरी खन्ने, गाईभैंसी र सुंगुर पाल्ने गरेको पाइएपछि वन अतिक्रमण नगर्न भन्दा आफुमाथि षडयन्त्र भएको उनले बताए। समिति विघटन गरेर अध्यक्ष बन्न चाहनेहरुले बिनाकारण आफुमाथि आरोप लगाईरहेको गुनासो उनको छ।  

‘यो सव वन अतिक्रमण गर्न चाहेकाहरुले मलाई हटाएर आफू अध्यक्ष बन्न केही व्यक्ति चालेको चालबाजी हो’ विगत ६ वर्षदेखिका अध्यक्ष राउतले भने ‘त्यसैले रुख ढाल्ने मान्छे समातेर विगो तिराई मिलिसकेको प्रशंग कोट्याएर दुःख दिने काम मात्र गरेका हुन्।’

डिभिजन वन अधिकृत (डिएफओ) अम्विकाप्रसाद पौडेलले अवैध रुख ढालेको उजुरी परेपछि  सत्यतथ्य बुझ्न सवडिभिजन सुन्दरपुर निर्देशन दिएको बताएका छन्। असार पहिलो सातामै उजुरी परे पनि सो क्षेत्र हेर्ने सवडिभिजन सुन्दरपुरका प्रमुख आमा खसेर दुःख बार्न गएकाले छानविन गर्न ढिला भएको उनले बताए। 

डिएफओ पौडेलले रुख ढाल्ने व्यक्तिलाई बरामदी मुचुल्का गर्दा हस्ताक्षर गर्ने व्यक्तिसमेत कारबाहीको माग गर्ने समूहमा परेको देखिएको भन्दै बिबाद हुनुको कारण समिति पदाधिकारी र उपभोक्ताबीचको आन्तरिक समस्या हुनसक्ने अनुमान गरे।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस