आफ्नै बाबु र घरमा आएका धामीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उदयपुरका एक युवक ४८ घण्टापछि पक्राउ परेका छन्। शुक्रबार राति घरमै बाबु र धामीलाई खुकुरी प्रहार गरी भागेका रौतामाई गाउँपालिका ७ का पाखाटोलका २६ वर्षीय नविन भन्ने खम्बसिंह परियार आइतबार पक्राउ परेका हुन्।
नविनले ५८ वर्षीय बाबु गंगाबहादुर परियार र घरमा चिन्ता बस्न बोलाइएका त्रियुगा नगरपालिका ७ ज्यामिरेका धामी ५५ वर्षीय जुद्ध मगरमाथि खुकुरी प्रहार गरेका थिए। मादक पदार्थ सेवन गरेका उनले राति ८ बजे बाबुसँग बिवाद गर्दै एक्कासी खुकुरी झिकेर बाबु र धामी बस्न बोलाइएका मगरमाथि प्रहार गरेका थिए। दुवैलाई गहिरो चोट लाग्ने गरी खुकुरी प्रहार गरेपछि फरार भएका उनलाई प्रहरीको विशेष टोलीले खोजी गर्ने क्रममा जंगलबाट पक्राउ गरेको जनाएको छ।
खोजी गर्ने क्रममा बिभिन्न ठाउँ पुगेको प्रहरी टोलीले पाखाटोलकै जंगलबाट आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उदयपुर प्रहरी प्रमुख उपरीक्षक भीमबहादुर दाहालका अनुसार परियारलाई आइतबारै सदरमुकाम ल्याएर थप अनुसन्धान सुरु गरिएको छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते बाबु गंगाबहादुर र धामी मगरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ। परियारको टाउको र कुममा गहिरो चोट लागेको छ भने मगरको गर्धनमा गहिरो चोट लागेको छ। आइसियुमा उपचाररत दुवैको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ।