लकडाउन पालना गरी मास्क लगाउन अनुरोध गर्दा प्रहरीमाथि हातपात गरी घाइते बनाउने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। गत भदौं १ गते सुद्धोदन गाउँपालिकाको लवनीमा डियुटीमा खटिएका लवनी प्रहरी चौकीमा कार्यरत ६ जनामाथि हातपात गरिएको थियो।
हातपातको क्रममा ३ जना गम्भीर घाइते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो। मास्क लगाउन आग्रह गर्दा लवनीमा रहेका दुई परिवारका युवाहरुले प्रहरीलाई लाठीले हानेर घाइते बनाएका थिए। घटनामा प्रहरी हवल्दार बिनोदकुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव घाइते भएका थिए। तीनै जनाको टाउको फुटेको र कपिलवस्तु अस्पतालमा उपचार हुन नसकेपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमस्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए।
लकडाउनमा मास्क लगाएर हिँड्न आग्रह गर्दा उल्टै प्रहरीमाथि हातपात गरी फरार भएका दुई परिवारका ८ जनामाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको मल्ले बताए। घटनापछि उनीहरु फरार भएका थिए। उनीहरुको खोजी भईरहेको मल्लले बताए।