गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिती भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेसिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ । बुटवलका ३ जना अर्घाखाँची,कपिलबस्तु र सल्यानका १÷ १ जना संक्रमितको गएराती मृत्यु भएको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलका सूचना अधिकारी डा बिष्णु गौतमलले जानकारी दिए ।
डा गौतमका अनुसार बुटवल उपमहागर ४ का ८४ बर्षीय पुरुष,बुटवल ९ का ६१ बर्षीय र बुटवल ११ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो । अर्घाखाँचीको धतिवाङका ७५ बर्षीय पुरुष,सल्यानका ४३ बर्षीय पुरुष र कपिलबस्तुको शिवराज ७ का ४३ बर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको डा गौतमले जानकारी दिए ।
कपिलबस्तु र सल्लयानका संक्रमितको बुटवलको कोरोना विशेष अस्पतामा मृत्यु भएको हो । डा गौतमका अनुसार कोरोना अस्पालमा बेड अभाव भएका कारण आइसीयु भर्नाको पालो कुरेका ३ जना संक्रमितको लुम्बिनी प्रादेसिक अस्पतालको इमरजेन्सी र फिबर क्लिनीमा मृत्यु भएको हो । पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ । चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकाँस आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन । तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन ।
२० वैशाख २०७८
•
१ मिनेट पाठ