तनहुँमा समुदायस्तरमा कोरोना फैलिने क्रम बढेको छ। आइतबार व्यास नगरपालिका–१ रतौलीका चार जनामा कोरोना पुष्टि भएको हो। कोभिड पुष्टि हुनेमा व्यास–१ रतौलीका एकै परिवारका बुबाआमा र छोराछोरी रहेका छन्।
कोभिड संक्रमण हुनेमा ९ र ४० वर्षीय पुरुष छन् भने १३ र ३६ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले शुक्रबार पोखरामा उपचारको क्रममा कोरोनाको संक्रमण देखिएका ६९ वर्षीय वृद्धको परिवारलाई कोभिड १९ संक्रमण देखिएको बताए। वृद्धलाई कोरोना पुष्टि भएपछि उनका परिवारले पोखरामा स्वाब संकलन गरेका थिए। स्वाब संकलनको नतिजामा उनीहरुको कोभिड १९ पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए।
कोरोना पुष्टि हुने ४० वर्षीय प्रहरी लमजुङमा कार्यरत थिए भने उनकी श्रीमती जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए। संक्रमण कहाँबाट फैलियो भन्ने विषय भने अझै अन्योल रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारीले बताए। ‘संक्रमण कसरी फैलियो अन्योल भइरहेको छ, उनीहरुको सम्पर्कमा आएकाको कन्ट्याक्ट टे«सिङ गरेर संक्रमणको विषयमा जानकारी लिन्छौँ,’ उनले भने।
यसैबिच तनहुँमा ४ पालिकामा समुदायका व्यक्तिमा कोभिड १९ संक्रमण फैलिएको देखिएको छ। तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकाका समुदायका व्यक्तिमा कोभिड १९ संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। समुदायमा कोभिड फैलिएको आशंकमा जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी लगायत स्थानीयसहित एक सय २२ जनाको स्वाब संकलन गरेर पोखरा पठाएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख सोतीले बताए। ‘उहाँहरुको रिपोर्ट आउनै बाँकी छ,’ उनले भने।