स्थानीयले निशेधाज्ञा भनेको ‘कर्फ्यू’ सम्झे
३१ साउन २०७७
•
५ मिनेट पाठ
स्थानीयले निशेधाज्ञा भनेको ‘कर्फ्यू’ सम्झे
कोरोना भाइरसको संक्रमण बढ्न नदिन स्थानीय प्रशासनले उदयपुरमा ३ दिनयता जारी गरेको निशेधाज्ञाले सन्नाटा छाएको छ । पछिल्लो समय कोभिड संक्रमित लगातार बढ्न थालेपछि गत बुधबार रातिदेखि सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा (लकडाउन) जारी गरिएको छ ।  




निशेधाज्ञा जारी गरिएका ३ वटै नगरपालिकाका सबै बजार तथा गाउँहरु अहिले सुनसान प्रायः छन् । सदरमुकाम गाईघाट बजारमा विहानदेखि साँझसम्म फाटफुट पैदलयात्री, एम्बुलेन्स र प्रहरीका गाडीबाहेक लगभग सुनसान छ । आउजाउ र जमघट नभएपछि गत चैत ११ गतेदेखि लागू पहिलो लकडाउनलाई बेवास्ता गर्दै घुमफिर र जमघट गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था अहिले कतै परेको छैन । छिटफुट पैदलयात्री र नगन्य साईकलयात्रीबाहेक बजार पसल ठप्प भएकाले सुरक्षार्थ ठाउँठाउँमा खटेका प्रहरी तथा सशस्त्रहरु फुर्सदिला देखिन्छन् ।  

दिनहुँजस्तो संक्रमित थपिने क्रम नरोकिएपछि स्थानीयतहसँगको समन्वयमा जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी) ले ३ नगरपालिकामा बुधबारदेखि आउँदो भदौ ७ गते राति १२ः०० बजेसम्म ११ दिनका लागि हिडडुलमा रोक लगाउँदै निशेधाज्ञा जारी गरेको हो । सोमबार मालपोत कार्यालयका आधादर्जन बढी कर्मचारीसहित एकैदिन १५ जनामा कोरोना संक्रमण पाइएपछि मंगलबारको डिसिएमसी बैठकले संक्रमित देखिएका ३ नगरपालिकामा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।  

गाईघाट मात्र होईन, बेलका नगरपालिका केन्द्र रामपुर र चौदण्डीगढी केन्द्र बेलटार बजारमा पनि निशेधाज्ञा पूर्णरुपमा पालना भईरहेको स्थानीयले बताएका छन् । प्रशासनले विहान ९ः०० देखि १२ः०० बजेसम्मको ३ घण्टा समय अत्यावश्यक खाद्य सामग्री किनमेलका लागि छुट्याइएको छ । तर, सो समयमासमेत बजारबासी घर बाहिर निस्केको पाइएको छैन । अघिल्लो लकडाउनमा प्रहरीविरुद्ध नाराबाजी गर्दै पसल/व्यापार खोल्न माग गर्नेहरु अहिले किन यतिसारो मौन छन् त ? प्रश्न उठ्छ ।  

लकडाउन र निशेधाज्ञालाई जनताले फरक ढंगले बुझेकाले यस्तो मौनता साँधेको अनुमान स्थानीयले लगाएका छन् । लकडाउन भनेको बजार बन्द मात्र हो भने निशेधाज्ञा चाँही ‘कर्फ्यू’ हो भन्ने धेरैले बुझेकाले चहलपहल नभएको स्थानीयको दावी छ । पञ्चायतविरुद्ध ०४६ को जनआन्दोलन तथा ०६२/६३ को १९ दिने लोकतान्त्रिक जनआन्दोलनमा गोली र अश्रुग्याँस प्रहारसहितको निशेधाज्ञा खेपिसकेका उदयपुरबासीलाई कोरोना कहरको निशेधाज्ञा पनि कर्फ्यू कैै अर्को रुप हो भन्ने लागेको हुनसक्ने अनुमान सामाजिक अगुवाहरुले लगाएका छन् ।  

‘निशेधाज्ञा भनेको कर्फ्यू हो, प्रहरीले गोली नै हान्छ भन्ने ठानेका छन् यहाँका मान्छेले’ पटक पटकको आन्दोलन खेपेका गाईघाटका राजु राईले भने ‘नत्र अस्तीको लकडाउनमा पसल खोल्न पाउनुपर्छ भन्दै पाखुरा सुर्केर बजार निस्कनेहरु किन यसरी डराए ?’ पहिलो लकडाउन सुरु भएको २ महिनामा ३२ जना मात्र संक्रमित फेला परेको र निको पनि हुँदै गएको पाएकाले पनि त्यसबेला स्थानीय नडराएको हुनसक्ने आँकलन पनि स्थानीयको छ । त्यसबेला भेटिएका संक्रमितहरुमा कोरोनाको लक्षण नदेखिएको तर, अहिले धमाधम संक्रमित देखिन थालेको र ठाउँठाउँमा संक्रमितहरु भकाभक मर्न थालेको खवरले पनि बजारबासी सचेत भएर निशेधाज्ञा पालना गरेको हुनसक्ने तर्क उनको छ ।

उसो त प्रशासनले मंगलबार नै लिखित सार्वजनिक सूचना र माईकिङ गर्दै निशेधाज्ञाका बेला अत्यावश्यक कामबाहेक कसैलाई घरबाहिर ननिस्कन आग्रह गर्दै अन्यथा कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ । प्रशासनले सकेसम्म घरभित्रै बस्न, पाहुनालाई घरमा नबोलाउन र आफू पनि पाहुना लाग्न नजान, अत्यावश्यक काम परे मास्क र सामाजिक दुरी अनिवार्य कायम गर्दै सेनिटाईजर नियमित प्रयोगजस्ता सुरक्षाकवज अपनाएर मात्र हिड्डुल गर्न आग्रह गरेको छ ।  

अघिल्लो लकडाउनमा बजारबासीसँग झडप बेहोर्न बाध्य भएकाले प्रहरी प्रशासनले निशेधाज्ञा लागू गर्न अहिले ठाउँठाउँमा सशस्त्र र प्रहरी टोली खटाएर सतर्कता अपनाएको छ । तर, अहिलेसम्म कतै धरपकड गर्नु नपरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहाल बताउँछन् । उनका अनुसार निशेधाज्ञा कतै उल्लंघन नभएकाले धरपकड त के अहिलेसम्म प्रहरीले नराम्रो बचनसम्म पनि गर्नु परेको छैन । सूचना जारी गर्दा जवरजस्ती गरेको पाइए संक्रामक रोग ऐन अनुसार पक्राउ गरी कारबाही गर्ने चेतावनी दिइएकाले पनि होला निशेधाज्ञाको राम्रो पालना भएको छ । निशेधाज्ञा सुरु भएको भर्खर ३ दिन मात्र भएको र कोरोनाको जोखिम अझै तिब्र रहेकाले पनि स्थानीयले धैर्यता साँध्नुपर्ने एसपी दाहाल बताउँछन् ।  

उदयपुरमा वैशाख ५ गतेदेखि जेठ १ गतेभित्रको अवधिमा ३२ जना संक्रमित भेटिएका थिए । त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा ११ भारतीयसहित १२ जमातीमा पिहलोपटक संक्रमण देखिएपछि कोविड संक्रमणको सुरुताका उदयपुर देशकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । असार तेस्रो सातासम्ममा थप संक्रमित नदेखिएपछि भाईरस नियन्त्रोन्मुख भएको निश्कर्ष निकाल्दै लकडाउनलाई खुकुलो परिएको थियो ।  

तर, सरकारले भारतलगायत विदेशबाट नेपालीको उद्धार गरी स्वदेश भित्र्याउन थालेपछि धमाधम संक्रमण देखिदै गएर अहिले मोरङपछि दोस्रो ठूलो संक्रमित जिल्ला बन्न पुगेको छ । पहिल्लो समय मालपोत कार्यालयकै ७ कर्मचारी र तिनको परिवारमा संक्रमण देखिएपछि कोरोना समुदायस्तरमा फैलिएको निश्कर्ष निकाल्दै ११ दिनका लािग निशेधाज्ञा जारी गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् ।  

उदयपुरमा हालसम्म १ हजार ५ सय ७१ महिला र ४ हजार ५ सय ४४ पुरुषको स्वाव परीक्षण गरिसकिएको स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति (फोकल पर्सन) लौकाजी राईले बताएका छन् । जसमध्ये ३० महिलासाहित १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमिमध्ये ८५ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने ३ महिलासहित १९ जनाको उपचार भईरहेको छ । पछिल्लो चोटी संक्रमितहरु १५ जनाको चौदण्डीगढी नगरपालिका ६ बेलटार सातधारेस्थित नवस्थापित ‘उदयपुर कोभिड अस्पताल’ मा उपचार भईरहेको राईले बताए ।  

सबैभन्दा बढी संक्रमित त्रियुगा नगरपालिकाका १६ महिलासहित ५९ जना संक्रमित भेटिएका छन् । त्यस्तै बेलकामा ९ महिलासहित ३१ जना संक्रमित पाइदा कटारी नगरपालिकामा ३ महिलासहित ७ जना संक्रमित भेटिएकाछन् । त्यस्तै चौदण्डीगढीमा १ महिलासहित २, उदयपुरगढी गाउँपालिकामा २ पुरुष तथा ताप्ली गाउँपालिकामा १ महिला ३ जनामा संक्रमण पाइएको छ । रौतामाई र लिमचुङुङ गाउँपालिकामा अहिलेसमम्म संक्रमण नपाइएको राईले बताएका छन् ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस